रसुवामा पर्यटक संख्या बढ्यो, गोसाइँकुण्ड र लाङटाङ प्रमुख आकर्षण

Author

सजिलो पत्रिका

२०८२ माघ ०२, शुक्रबार

45
Share
Featured
  • चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रसुवाका प्रमुख पर्यटकीय क्षेत्र गोसाइँकुण्ड र लाङटाङ उपत्यकामा ३२ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्।
  • पर्यटक आगमनसँगै निकुञ्जले ६ महिनामै करिब २ करोड ४० लाख रुपैयाँ राजस्व संकलन गरेको छ र वर्षअन्त्यसम्म ५० हजारभन्दा बढी पर्यटक पुग्ने अनुमान छ।
  • बढ्दो पर्यटनले स्थानीय होटल, होमस्टे, यातायात र रोजगारीमा सकारात्मक प्रभाव पारेको छ, जसले रसुवाको पर्यटन भविष्य उज्ज्वल देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


हिमाल, ताल, पदमार्गसँगै संस्कृति मिलेर बनेको रसुवा पछिल्ला दिनमा पर्यटकीय गतिविधि बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा मात्र ३२ हजारभन्दा बढी पर्यटकले रसुवाका प्रमुख क्षेत्रहरूको भ्रमण गरेका छन् ।

विशेषगरी लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइँकुण्ड र लाङटाङ उपत्यका आन्तरिक तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । गोसाइँकुण्डको धार्मिक महत्व र लाङटाङको प्राकृतिक सौन्दर्यले पर्यटकहरूलाई आर्कषित गराइरहको छ ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार, साउनदेखि पुस मसान्तसम्म ३२,६७१ जना पर्यटकले क्षेत्रको भ्रमण गरेका छन् । यसमध्ये ५,८८४ जना विदेशी र २६,७८७ जना आन्तरिक पर्यटक रहेका छन् ।

यदि यही प्रवृत्ति कायम रह्यो भने, चालु आर्थिक वर्षको अन्त्यसम्म पर्यटक संख्या ५० हजार नाघ्ने अनुमान गरिएको छ ।

पर्यटक संख्या बढेसँगै निकुञ्जको राजस्व पनि उल्लेखनीय रूपमा बढेको छ । विदेशी पर्यटकबाट तीन हजार र नेपाली पर्यटकबाट सय रुपैयाँको दरले प्रवेश शुल्क सङ्कलन गरी छ महिनामा मात्रै २ करोड ३९ लाख ८८ हजार रुपैयाँभन्दा बढी आम्दानी भएको छ ।

पर्यटक आगमनले स्थानीय व्यवसाय र अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पारेको छ। होटल, होमस्टे, यातायात, कृषि उत्पादन र स्थानीय श्रमको माग बढेसँगै, रसुवा क्षेत्रको रोजगारी र आर्थिक गतिविधि समेत सक्रिय बनेको छ ।

रसुवा पर्यटनको भविष्य उज्ज्वल देखिएको र निकुञ्ज प्रशासन तथा स्थानीय निकायले सेवा र पूर्वाधारमा निरन्तर सुधार गर्दै दिगो पर्यटन प्रवद्र्धन गर्नुपर्ने सरोकारवालाहरूको निष्कर्ष रहेको छ ।

यो समाचारमा

काठमाडौँलाङटाङ राष्ट्रिय निकुञ्जरसुवागोसाइँकुण्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    Data is loading...

    Loading brands...

    Loading footer...