रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार

38
Share
Featured
  • मुगुम कार्मारोङ गाउँपालिकाले स्थानीय रैथाने अन्नबाली खरिद गरी खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीलाई बिक्री गर्ने सम्झौता गरेको छ।
  • सम्झौताअनुसार गाउँपालिकाले बस्तीमै खाद्यान्न बिक्री केन्द्र, गोदाम सुविधा र स्थानीय उत्पादनको संकलन सुनिश्चित गर्नेछ।
  • पाँच वर्षका लागि खरिद प्रक्रिया र मूल्य निर्धारणमा गाउँपालिका, कम्पनी र कृषक प्रतिनिधि सहभागि हुने व्यवस्था गरिएको छ, जसले स्थानीय कृषकको आम्दानी बढाउने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मुगुको पूर्वी भेगमा पर्ने चीनसँग सिमाना जोडिएको मुगुम कार्मारोंग गाउँपालिकाले पालिकामा उत्पादन भएको स्थानीय रैथाने उत्पादन गरेका अन्नबाली खरिद गरी खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडलाई बिक्री गर्ने सम्झौता भएको छ ।

यसका लागि मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा र व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले सम्झौतापत्रमा दोहोरो हस्ताक्षर गरेका छन् ।

गाउँपालिका र व्यापार कम्पनीबीच भएको सम्झौता अनुसार गाउँपालिका भित्रका बस्तीमा सहज, सुलभ र नियमित खाद्यान्न बिक्री केन्द्र स्थापन गरी खाद्यान्नको संकलन, मौज्दात व्यवस्थापन, ढुवानी तथा बजारीकरण प्रभावकारी बनाउँदै स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीहरूको संकलन, बजारी करण र बिक्रीको सुनिश्चितताका लागि सहकार्य तथा सहजीकरण गर्ने मुख्य उद्देश्य लिएको सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

व्यापार कम्पनीले सहुलियतमा उपलब्ध गर्दै आएको खाद्यन्न पालिकामा समयमै ढुवानी गरी कम्तीमा तीन महिनासम्म धान्ने मौज्जाद क्षमता भएको गोदाम गाउँपालिकाले उपलब्ध गराउनुपर्नेछ ।

स्थानीय स्तरमा उत्पादन हुने चिनो, कागुनु, भटमास, कोदो, फापर, सिमी, नाफल, उवालगायतका अन्नबाली गाउँपालिकाले स्थानीयबाट खरिद गरी व्यापार कम्पनीलाई बिक्री गर्ने र खरिद भएको रैथाने बालीलाई सोही गाउँपालिका—९ मा रहेको कोसेली घरमा भण्डारण गरी खाद्य कम्पनीलाई बिक्री गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए ।

आउँदो पाँच वर्षका लागि भएको सम्झौता अनुसार पालिकामा उत्पादन हुने रैथाने बालीको परिमाण यकिन गरी निश्चित परिमाण कम्तीमा एक ट्रक संकलित रैथाने बाली पुगेपछि कम्पनीले खरिद गरी बजारीकरणका लागि आन्तरिक तथा बाह्य बजार व्यवस्था गर्नेछ ।

गाउँपालिकामा रैथाने बालीहरूमा सबैभन्दा बढी कोदो, चिनो, फापर, सिमी, नाफल उत्पादन हुने गर्छ । उत्पादन गरेको रैथाने अन्नबालीले बजार नपाएका बेला गाउँपालिकाले खरिद गर्ने भएपछि स्थानीय नागरीकहरु निकै हर्षित भएको गाउँपालिका—९ का वडाध्यक्ष रतनबहादुर बुढाले बताए ।

वडा अध्क्षयका अनुसार पालिकाभित्र कृषकहरुले उत्पादन गरेका स्याउ,चोति,कोइरालगायत अन्य फलफुल समेतको कम्पनीसँग सहकार्य गरि दिएको भए यहाँका कृषकहरुको थप आय आजनमा सुधार आउर्ने समेत बताएका छन् ।

कुटानी पिसानीका कारण आफूले उत्पादन गरेका अन्नबाली उपभोग गर्न सहजता छैन । गाउँपालिकामा रैथाने अन्नबाली राम्रो उत्पादन हुनेगर्छ । उत्पादन बढी भए पनि ढुवानीका कारण अन्यत्र बिक्री गर्न यहाँका स्थानीयले सक्दैनन् ।

अब गाउँपालिकाको सबैलाई पायक पर्ने स्थानमा स्थानीयबाट अन्नबाली गाउँपालिकाले खरिद गर्ने भएपछि स्थानीयलाई सहज हुने भएको हो ।
स्थानीयबाट रैथाने बाली खरिदका लागि आउँदो बजेट अधिवेशनमा १५ लाख रुपैयाँ रकम विनियोजित गर्ने भएको छ ।

व्यापार कम्पनी, गाउँपालिका र कृषक प्रतिनिधिको सहभागितामा बालीको मूल्य निर्धारण गरिनेछ ।

यो समाचारमा

मुगुमुगुम कार्मारोंग गाउँपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...