बालेन शाहले दिए माघे संक्रान्तिको शुभकामना

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार

82
Share
Featured
  • काठमाडौं मेयर बालेन्द्र शाह (बालेन) ले माघे संक्रान्तिको अवसरमा सम्पूर्ण नेपालीलाई सांस्कृतिक विविधता र एकताको भावसहित शुभकामना दिएका छन्।
  • उनले गीतको अंश “सय थरि बाजा एउटै ताल, सय थरि गोडा एउटै चाल” उद्धृत गर्दै नेपालीपनको भावना उजागर गरे।
  • माघे संक्रान्ति नेवार (‘घ्यः चाकु संल्हू’), किरात (‘येले संवत्’), थारु (‘माघी’) जस्ता फरक परम्परामा मनाए पनि सबैको भावना एउटै हुने र नेपालको बहुसांस्कृतिक विविधताको संगम भएको उनले बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले माघे संक्रान्तिको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै नेपालको सांस्कृतिक विविधता र एकताको भाव व्यक्त गरेका छन् ।

मेयर शाहले चर्चित गीतको अंश "सय थरि बाजा एउटै ताल, सय थरि गोडा एउटै चाल..." उद्धृत गर्दै नेपालीपनको भावनालाई उजागर गरेका छन् ।

उनले माघे संक्रान्तिलाई विभिन्न समुदायले फरक-फरक नाम र परम्पराअनुसार मनाए पनि अन्ततः सबैको भावना एउटै हुने बताएका छन् । नेवार समुदायले ‘घ्यः चाकु संल्हू’, किरातले ‘येले संवत्’ र थारु समुदायले ‘माघी’ का रूपमा मनाउने यो पर्व नेपालको बहुसांस्कृतिक विविधताको संगम भएको उनको भनाइ छ ।


यो समाचारमा

काठमाडौँकाठमाडौँ महानगरपालिकाबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...