अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा प्रक्रिया रोक्ने

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार

47
Share
Featured
  • अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी (ग्रिन कार्ड) भिसा प्रक्रिया माघ ७ (जनवरी २१) देखि रोक्ने निर्णय गरेको छ।
  • निर्णयको उद्देश्य अमेरिकामा आउने विदेशीको संख्या घटाउनु र सरकारी सहायतामा निर्भर हुन सक्ने आवेदकलाई अस्वीकार गर्नु हो।
  • ट्रम्पको दोस्रो कार्यकालयता १ लाखभन्दा बढी भिसा रद्द र ६.५ लाखभन्दा बढी व्यक्तिको देश निकाला भइसकेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अमेरिकाले नेपालसहित विश्वका ७५ देशका लागि आप्रवासी भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ । यो निर्णय आगामी जनवरी २१ (माघ ७) देखि लागू हुने अमेरिकी सञ्चारमाध्यम फक्स न्युजले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयको ज्ञापनपत्रका आधारमा गरिएको यो निर्णयको मुख्य उद्देश्य अमेरिका आउने विदेशीको संख्या घटाउनु हो । आप्रवासी भिसा प्रक्रिया रोकिने देशहरूको सूचीमा एसियाका नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भुटान, म्यान्मार लगायत २२ देश परेका छन् ।

आप्रवासी भिसा अमेरिकामा स्थायी बसोबास (ग्रिन कार्ड) का लागि दिइने लामो अवधिको भिसा हो ।

विदेश मन्त्रालयले अब अमेरिका आएर सरकारी सहायतामा निर्भर हुन सक्ने आशंका गरिएका व्यक्तिहरूलाई भिसा अस्वीकार गर्ने अधिकार प्रयोग गर्ने बताएको छ । अमेरिकी दूतावास तथा कन्सुलर अधिकारीहरूलाई जाँच प्रक्रियाको पुन: समीक्षा नभएसम्म भिसा आवेदन अस्वीकार गर्न निर्देशन दिइएको छ । यो रोक कहिलेसम्म रहने भन्नेबारे केही खुलाइएको छैन ।

ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाले १ लाखभन्दा बढी भिसा रद्द गरिसकेको छ । साथै, गत महिना मात्रै ६ लाख ५० हजारभन्दा बढीलाई देश निकाला गरिएको गृह सुरक्षा विभागले जनाएको छ ।

यो समाचारमा

अफगानिस्तानपाकिस्तानम्यान्मारभारत
नेपाल7 more

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अमेरिकी निर्वाचन आयोगमा ट्रम्पको हस्तक्षेप, बाँकी दुई आयुक्त पनि हटाइए

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि संघीय निर्वाचन सहायता आयोग (इएसी) का कार्यरत अन्तिम दुई आयुक्तलाई बर्खास्त गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । उक्त निर्णयपछि निर्वाचन व्यवस्थापनको निष्पक्षता र स्वतन्त्रतामाथि प्रश्न उठाउँदै डेमोक्रेट नेता तथा निर्वाचन अधिकारीहरूले कडा आलोचना गरेका छन् ।युएसए टुडेका अनुसार द्विदलीय

    Data is loading...

    Loading brands...

    Loading footer...