राष्ट्रपति पौडेलको शुभकामना: 'माघे सङ्क्रान्तिले राष्ट्रिय एकता प्रवर्द्धन गरोस्'

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार

61
Share
Featured
  • राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति र माघी पर्वले बन्धुत्व, मेलमिलाप र सहिष्णुता बढाउने विश्वास व्यक्त गरे।
  • यस्ता पर्वहरूले जातीय सद्भाव, राष्ट्रिय एकता र सांस्कृतिक विविधता प्रवर्द्धन गर्ने उनको भनाइ छ।
  • थारू समुदायको माघी परम्परा स्मरण गर्दै संस्कृतिको संरक्षण र समतामूलक समाज निर्माणमा प्रेरणा मिलोस् भन्ने कामना गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वहरूले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बताए । राष्ट्रपति पौडेलले भने, "यस्ता पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्भाव र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्‍याउँछ ।"

उहाँले नेपालका विभिन्न जातजातिले आ-आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउने यो पर्वले हाम्रो मौलिक सांस्कृतिक सम्पदालाई विश्वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्।

थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने माघी पर्व तथा पवित्र नदीहरूमा स्नान गर्ने परम्पराको स्मरण गर्दै राष्ट्रपति पौडेलले संस्कृतिको संरक्षण गर्दै सभ्य र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

यो समाचारमा

रामचन्द्र पौडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा

    Data is loading...

    Loading brands...

    Loading footer...