विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

82
Share
Featured

काठमाडौँ

नेपालमा विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु गरिएको छ । बुधबार हिमालयन गार्डियन नेपालले पत्रकार सम्मेलन गर्दै विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र–आधारित सरकार स्वीकृत बीमा सेवा प्रयोग गर्न सक्ने बताएको हो ।

यस सेवाको उद्घाटन हिमालयन गार्डियन नेपालले नेपाल सरकार, बीमा प्राधिकरण र दूरसञ्चार प्राधिकरणको स्वीकृतिसहित गरेको छ । नेपालमा दशकौँदेखि सगरमाथा क्षेत्र, हिमाली ट्रेकिङ र पर्वतारोहणलाई सुरक्षित बनाउने जिम्मा शेर्पा समुदाय र पेशेवर नेपाली गाइडहरूले सम्भालेका थिए तर पछिल्लो समय हेलिकप्टर उद्धार र चिकित्सा सेवामा ठगी, अनावश्यक खर्च र गलत समन्वय बढेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समस्या उजागर भएको देखिन्छ ।

हिमालयन गार्डियन नेपालका अनुसार पुराना प्रणालीमा बीमा दाबी विदेशी कम्पनीहरू मार्फत भुक्तानी हुने भएकाले नेपाल सरकारले नियन्त्रण गर्न सक्दैन । जसले गर्दा बीमा कम्पनीहरूले नेपालमा बीमा बिक्री कम गर्ने वा उच्च प्रिमियम लगाउने कारण पर्यटकहरूको यात्रा खर्च बढेको थियो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अवैध व्यापारिक गतिविधि गर्नेलाई सरकारको कडा चेतावनी, बजार अनुगमन तीव्र पारिने

    काठमाडौं । सरकारले बजारमा लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त र चोरी पैठारी गरिएका सामान बिक्री गर्ने व्यवसायीलाई कडा कारबाहीको चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको हो।भौतिक बजारका साथै

    Data is loading...

    Loading brands...

    Loading footer...