पार्टी विभाजनतर्फ जानु कसैको हितमा छैन : प्रवक्ता डा. महत

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

36
Share
Featured
  • प्रवक्ता प्रकाशशरण महतले नेपाली काँग्रेस विभाजन होइन, एकतामा जानुपर्ने स्पष्ट गरे।
  • निर्वाचनको मुखमा एक भएर अघि बढ्न र निर्वाचनपछि नियमित अधिवेशन गर्ने प्रतिबद्धता दोहोर्‍याए।
  • विशेष अधिवेशनका गतिविधि पार्टी हितविपरीत नहोऊन् भन्दै संवादमार्फत समाधान खोज्ने प्रयास जारी।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी विभाजन र विग्रहतर्फ जानु नेपाली काँग्रेस, नेपाली जनता र देशकै हितमा नरहेको स्पष्ट पारेका छन् ।

मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले पार्टी नेतृत्व लामो समयदेखि लचकता देखाउँदै एकताका लागि निरन्तर प्रयासरत रहेको बताए ।

उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको निर्णय र नियमित अधिवेशन गर्ने निर्णय हुँदाहुँदै पनि विशेष अधिवेशन आयोजना भएपछि पार्टीभित्र समझदारी कायम गर्न नेतृत्व तहबाट निरन्तर संवाद र छलफल भइरहेको छ।

‘आम निर्वाचनको मुखमा पार्टी एक भएर जानुपर्छ भन्नेमा हामी स्पष्ट छौँ। निर्वाचनपछि नियमित अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने विषयमा कुनै दुविधा छैन,’ उनले भने, ‘अहिले विभाजन होइन, एकतामा जोड दिनुपर्ने समय हो।’

प्रवक्ता महतले पार्टी नेतृत्वले विशेष अधिवेशनका नाममा भइरहेको गतिविधिलाई अन्यथा दिशातर्फ नलैजान आह्वान गरेको जानकारी दिए । उनका अनुसार अझै पनि छलफलमार्फत सकारात्मक निकास निस्किने विश्वास नेतृत्वले लिएको छ।

‘बैठकमा पनि निर्णयभन्दा अघि संवादबाट सहमति खोज्ने प्रयास भयो। त्यसैले बैठक अनौपचारिक रूपमा टुंगिएको हो,’ उनले भने, ‘भोलि बिहान ८ बजे पुनः बैठक बस्दैछौँ। त्यसभन्दा अघि नै सकारात्मक परिणाम निस्कियोस् भन्ने हाम्रो अपेक्षा छ।’

नेपाली काँग्रेस लोकतन्त्रको प्रमुख धरोहर भएको उल्लेख गर्दै प्रवक्ता महतले काँग्रेस कमजोर हुँदा देश र लोकतन्त्र दुवै कमजोर हुने चेतावनी दिए ।
‘कुनै नयाँ वा अन्य दलले नेपाली काँग्रेसले दिएको विश्वसनीयता दिन सक्दैन,’ उनले भनाइ थियो।

उनले विशेष अधिवेशनमा सहभागी नेताहरूलाई पार्टीको आधिकारिक निर्णयको सम्मान गर्दै एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे । ‘पार्टी एकजुट हुँदा सबैको सम्मान हुन्छ, सबैको क्षमता र योग्यताको उपयोग हुन्छ,’ उनले भने ।

पार्टीलाई बलियो बनाउने विषयमा केन्द्रीय समितिमा छलफल र निष्कर्ष निकाल्ने परम्परा रहेको उल्लेख गर्दै प्रवक्ता महतले पार्टी निर्णयविपरीत समानान्तर गतिविधि पार्टी हितमा नरहेको स्पष्ट पारे ।

यो समाचारमा

डा. प्रकाशशरण महतकाठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...