एमालेको समानुपातिक सूचीबाट ५ जना बाहिरिए, नयाँ नाम पठाउन आयोगको निर्देशन

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

42
Share
Featured
  • नेकपा एमालेको समानुपातिक बन्दसूचीबाट ५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्।
  • रिक्त स्थानमा नयाँ नाम पठाउन निर्वाचन आयोगले माघ २ गतेसम्मको समय दिएको छ।
  • समानुपातिक सूचीको अन्तिम निर्णय गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को समानुपातिक बन्दसूचीबाट पाँच जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिनेहरूमा हिरुसरा राना (पाल्पा), विजय लोप्चन तामाङ (नुवाकोट), अंशु झा (रौतहट), डुफकुमार बास्तोला (सोलुखुम्बु) र लालबहादुर रावल (बझाङ) रहेका छन्।

उम्मेदवारी फिर्ता भएपछि रिक्त रहेका स्थानमा नयाँ नाम पठाउन निर्वाचन आयोगले एमालेलाई माघ २ गतेसम्मको समय दिएको छ। पार्टीले रिक्त स्थानमा राखिने नयाँ उम्मेदवारको विवरण शुक्रबारसम्म आयोगमा बुझाउने तयारी गरेको छ।

समानुपातिक सूचीका उम्मेदवारहरू टुंगो लगाउने अन्तिम जिम्मेवारी पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई दिइएको छ। यसअघि सोमनाथ पोर्तेल र लीलाकुमारी भण्डारी राष्ट्रियसभा उम्मेदवार बनेपछि उनीहरूको नाम पनि सूचीबाट हटाइएको थियो।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीनिर्वाचन आयोगनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...