‘गोबर गणेश’ लाई युनिभर्सल सर्टिफिकेट प्रदान, माघे संक्रान्तिमा ‘बल्छी धुर्वे’ को कमाल हेर्न पाइने

Author

सजिलो पत्रिका

२०८२ पुस २९, मङ्गलबार १२:५३

81
Share
Featured
  • हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ निर्देशित चलचित्र ‘गोबर गणेश’ ले सेन्सर बोर्डबाट ‘यू’ (युनिभर्सल) सर्टिफिकेट पाएको छ।
  • माघ १ गतेदेखि देशभर प्रदर्शन हुने फिल्म सबै उमेर समूहले परिवारसहित हेर्न मिल्ने सामाजिक–संघर्ष कथामा आधारित छ।
  • फिल्ममा बल्छी धुर्वेसहित वर्षा शिवाकोटी, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ र वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्दैछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पछिल्लो समय दर्शकमाझ निकै चर्चामा रहेको चलचित्र ‘गोबर गणेश’ ले सेन्सर बोर्डबाट ‘ग्रीन सिग्नल’ पाएको छ । आगामी माघ १ गते (माघे संक्रान्ति) बाट देशभरका सिनेमा हलमा प्रदर्शनको तयारीमा रहेको यो चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘यू’ (युनिभर्सल) सर्टिफिकेट प्रदान गरेको हो ।

हाँस्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा मुख्य अभिनय रहेको चलचित्र ‘गोबर गणेश’ले सोमबार बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको हो । अब यो चलचित्रलाई स–साना बालबालिकादेखि वृद्धवृद्धासम्म, अर्थात् सबै उमेर समूहका दर्शकले परिवारसँगै बसेर हेर्न पाउनेछन् ।
विशेषत पढ्न नसकेपछि काठमाडौं आएर एक युवकले गरेको संघर्षको कथामा आधारित छ । पढाईमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौं आएर जीवन बदल्न गरेको संघर्ष सार्वजनिक भएका सामाग्रीबाट बुझ्न सकिन्छ ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा बल्छीसँगै, वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन्।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ । टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रलाई श्री ब्याकटेस इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

यो समाचारमा

काठमाडौँवर्षा शिवाकोटी

ट्यागहरू

#चलचित्र#नेपाली चलचित्र उद्योग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    sajilo patrika

    कान्समा नेपाली चलचित्रको ऐतिहासिक उपस्थिति, हाकु पटासीमा सुनिता डंगोल

    पोडकास्टमा अश्लील शब्द प्रयोग गरेपछि तीन जनालाई प्रहरीले गरायो सचेत

    चलचित्र पत्रकारिता दिवसमा पत्रकार सम्मानित

    क्षणभरको चर्चाभन्दा विश्वसनीयता र छवि निर्माणमा ध्यान दिन पत्रकारलाई महानायक हमालको आग्रह

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू