सभापति देउवाले महामन्त्रीद्वयसँग संवाद गर्ने

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

72
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबाले महामन्त्रीद्वय गगन थापाविश्वप्रकाश शर्मासँग संवाद गर्ने भएका छन् ।

सोमबार देउवा निवासमा भएको संस्थापन पक्षको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरूले महामन्त्रीद्वयसँग संवाद गर्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘यसले केन्द्रिय कार्यसमितिले निर्णय गरेको वैद्यानिक महाधिवेशन हुन्थ्यो तर त्यो भएन । यस्तो अवस्थाले कतै पार्टी अप्ठ्यारोमा पर्ने विभाजन हुने होइन भन्ने आशंका उत्पन्न भएपछि सभापतिले छलफल गर्नुभयो । भेलामा सहभागी पार्टीका साथिहरुको सम्मानको लागि कसरी यसलाई शान्तिपूर्ण ढंगबाट निष्कर्षमा पुर्याउन सकिन्छ भन्ने हो । मलाई लाग्छ त्यसको निष्कर्ष भनेको पार्टी एकता हो । र वैद्यानिक रुपमा अगाडि बढाउने हो । त्यसको लागि सभापति लगायतले भेलामा सहभागीहरुसँग संवाद गर्ने निष्कर्ष भएको छ ।’

उनले पार्टी फुट्न नदिन र एकता कायम राख्नको लागि दुवै पक्ष सकारात्मक रहेको बताए ।

यो समाचारमा

काठमाडौँशेर बहादुर देउबानेपाली काँग्रेसविश्वप्रकाश शर्मा
गगन थापा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...