आगामी निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न सञ्चारमन्त्रीको आग्रह

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

61
Share
Featured
  • सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा देशले खोजेको परिवर्तनका लागि मतदान गर्न आम जनता तथा उम्मेदवारहरूलाई आग्रह गरे।
  • उनले निर्वाचनमा पदको लोभ भन्दा पनि कार्यकालमा प्रभावकारी काम गर्नुपर्ने, दल र नेताको दबाबमा नपर्ने र स्वतन्त्र निर्णय गर्नुपर्नेमा जोड दिए।
  • मन्त्री खरेलले नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को योगदानको प्रशंसा गर्दै भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न आग्रह गरेका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २० औँ साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री खरेलले मुलुकले परिवर्तन खोजेको अवस्थामा परिवर्तनका लागि मतदान गर्न अनुरोध गरेका हुन् ।

सञ्चारमन्त्री खरेलले भने, ‘मुलुकले परिवर्तन खोजेको छ, निर्वाचनबाट जुनसुकै पार्टी भएपनि राम्रो नेतृत्व ल्याउनुपर्छ, दलको दास र नेताको अन्दभक्त हुनुहुँदैन ।’ सञ्चारमन्त्री खरेलले मुलुकको राजनीति आफ्नो परिवार र गुटका साथै सत्तामा पुग्न गठबन्धनमा केन्द्रित भएका कारण देश बन्न नसकेको बताए ।

उनले निर्वाचनमा पदको लोभ मात्र नभई कार्यकालमा राम्रो कर्म पनि गनुपर्ने बताए । राजनीतिक दल र नेताको दबाव र प्रभावमा परेर पदको लोभ गर्नुभन्दा स्वतन्त्र रुपमा राम्रो कर्म गनुपर्नेमा जोड दिए ।

साथै उनले इक्यान संस्थासँग आफू पत्रकार हुँदादेखी सहकार्य गरेको जानकारी दिँदै ईक्यानले ग्लोबल एजुकेशनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । मन्त्री खरेलले इक्यान व्यवसायीले देशको अर्थतन्त्रमा थोरैधेरै सुधार ल्याएको बताउँदै आगामी दिनमा आफू जुनसुकै पद र पेसामा भएतापनि इक्यानलाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

उनले पदमा कति समय रहने भन्ने भन्दा पनि पदमा रहेर गरेको कामको महत्त्व बढी हुने बताए । आफू छोटो समय सरकारमा रहे पनि आफ्नो कर्मलाई प्रभावकारी बनाउन ध्यान दिएको उनको भनाइ छ । कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराईले गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादनमा संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

यो समाचारमा

काठमाडौँजगदीश खरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...