विशेष महाधिवेशनमा महामन्त्री थापाले पेस गरे प्रतिवेदन

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

58
Share
Featured
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन वैधानिक भएको दाबी गर्दै पार्टी रूपान्तरण र कांग्रेसमार्फत देश बदल्ने लक्ष्यसहित राजनीतिक प्रस्ताव पेस गरेका छन्।
  • प्रस्तावमा पार्टीलाई गतिशील, एकताबद्ध र जनउत्तरदायी बनाउँदै नवयुवा पुस्ता, आम जनता र शुभेच्छुकमा विश्वास र आशा पुनःस्थापित गर्ने संकल्प व्यक्त गरिएको छ।
  • ‘जेन–जी आन्दोलन’ले उठाएका सुशासन, न्याय, मानवअधिकार र युवाको प्रतिनिधित्वका मागलाई आत्मसात गर्दै दमनका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरेका छन् ।

जारी महाधिवेशनमा विशेष महाधिवेशन वैधानिक भएको दाबी गर्दै राजनीतिक प्रस्ताव पेस गरेका हुन् । केन्द्रीय समितिबाटै बोलाउँदा उपयुक्त हुन्छ भनेर अन्तिमसम्म प्रयास गर्दा पनि नसकेको कारणले बाध्यकारी भएर आफूहरूले बोलाएको उल्लेख छ ।

यस्तो छ समसामयिक राजनीतिक प्रस्ताव र विशेष महाधिवेशनको नीतिगत संकल्प

इतिहास साक्षी छ नेपाली कांग्रेस पार्टीले नेपाली जनताले सुम्पिएको हरेक युगान्तकारी र चुनौतीपूर्ण अभिभारा इमान्दारी र निष्ठापूर्वक निर्वाह गर्दै आएको छ ।

यस विशेष महाधिवेशन ‘कांग्रेस बदल्न’का लागि बदलिएको कांग्रेसमार्फत देश बदल्नको लागि हो । यस विशेष महाधिवेशनबाट हामीले सन्देश दिनुपर्नेछ हामी सच्चिन्छौं, हामी बदलिन्छौं र हामी सक्छौं । समयले हामी प्रत्येक सदस्यबाट फेरि त्यही निष्ठा, उच्च नैतिक आदर्श र समर्पण खोजेको छ, जुन हाम्रा अग्रजले कहिल्यै कमजोर हुन दिएका थिएनन् । यसको लागि पार्टीलाई गतिशील बनाउनु पर्नेछ । सङगठनभित्र प्रत्येक सदस्यलाई ऊर्जा र न्यायको अनुभूति दिलाउनु पर्नेछ । समर्थक र शुभेच्छुकको स्नेहभाव कायम राख्नुपर्नेछ । आम जनता र नवयुवामा विश्वास र आशाको किरण छर्नु पर्नेछ ।

देश र पार्टीका लागि असाधारण परिस्थितिमा हुन गइरहेको यो विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई केवल एउटा राजनीतिक पार्टीको रूपमा मात्र सीमित नभई लोकतन्त्रप्रति पूर्ण निष्ठावान, समाजप्रति प्रतिबद्ध जनताप्रति उत्तरदायी र स्थापनाकालीन जनमुखी आदर्शमा कृतसंकल्पित समुन्नत नेपालको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम र विश्वासयोग्य शक्तिका रूपमा पुनः स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी लिएको छ ।

त्यसैले पार्टीभित्र र बाहिरका आम कांग्रेसजनमा देखिएको उदासिनताको बादललाई हटाउदै नवीन ऊर्जा उत्साह, एकता र रूपान्तरणसहित समुसत नेपाल निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न बाब हामीले संकल्पः

१. जेन–वी विद्रोह र कांग्रेसको संकल्पः

बि.सं. २०८२ साल भदौ २३ र २४ गते नवयुवा पुस्ता (जेन जी को आह्वानमा भएको आन्दोलनले नेपाली राजनीतिमा नयाँ चेतना र जागरण स्थापित गरेको छ । भाद्र २३ र २४ गते घटेका अकल्पनीय र दुःखद घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै दमन र हिंसात्मक घटनाबाट सहादत प्राप्त गर्नेहरूप्रति उच्च सम्मान व्यक्त गर्दछ । उक्त आन्दोलनले उठाएका न्यायोचित मागहरू, सुशासन प्रवद्र्धन, सेवा प्रवाह र युवा पुस्ताको अर्थपूर्ण प्रतिनिधित्वको सवाललगायतलाई नेपाली कांग्रेस दृढताका साथ आत्मसात गरी देहायको संकल्प गर्दछ ।

क. भाद्र २३ को दमन र २४ को विध्वंशका क्रममा भएका घटना र गम्भीर मानव अधिकार उल्लङ्घन

तथा हिंसाजन्य ज्यादतीका घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरी सत्य र न्याय निरूपण गर्नुपर्दछ, घटनामा संलग्न दोषीमाथि कानूनी कारवाही गर्नु पर्दछ भन्ने बारेमा नेपाली कांग्रेस प्रष्ट र कटिबद्ध रहनेछ ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसगगन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...