कांग्रेस प्रतिनिधिहरु भन्छन् : विशेष महाधिवेशनमा सभापति देउवा आइदिए हुन्थ्यो

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

81
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु भएको छ । आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र आयोजना गरिएको हो ।

विशेष महाधिवेशनका लागि काठमाडौं आएका जनप्रतिनिधि दीपक पौडेलले यो महाधिवेशन कांग्रेसका लागि ऐतिहासिक अवसर भएको बताए । उनले नियमित महाधिवेशन भइरहने भए पनि विशेष महाधिवेशन विरलै हुने उल्लेख गर्दै भने, ‘कांग्रेसको विशेष महाधिवेशन हाम्रो लागि अवसर र गौरवको क्षण हो । २०१२ सालपछि अहिले मात्र यस्तो महाधिवेशन हुन लागेको हो । यसले कांग्रेसलाई मात्र होइन, समग्र मुलुकलाई नै पुनर्जागृत गर्ने विश्वास लिएको छु ।’

त्यस्तै जनप्रतिनिधि पदम प्रसाद प्रसाईंले विशेष महाधिवेशनमा सभापतिको उपस्थिति भए राम्रो हुने बताए । उनले सभापति नआए पनि त्यसको विकल्प खोजिनुपर्ने उल्लेख गर्दै भने, ‘यो महाधिवेशनमा सभापति आइदिए राम्रैहुन्थ्यो । अझै पनि उहाँ आउन सक्नुहुन्छ । तर उहाँ नआए पनि विकल्प के छ भन्ने कुरा उठ्छ । जनप्रतिनिधिहरूको चाहना हेर्दा उहाँ नआए आफैं सभापति पछि पर्नुहुन्छ ।’

प्रसाईंले महाधिवेशनमा जनप्रतिनिधिको सहभागिता ७५ प्रतिशतभन्दा बढी हुने विश्वास व्यक्त गर्दै विशेष महाधिवेशनपछि कांग्रेसले युवा नेतृत्व पाउनेमा आफूहरू आशावादी रहेको बताए ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...