विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

46
Share
Featured
  • वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी एकता कायम राख्न निकट केन्द्रीय सदस्य, जिल्ला सभापति र बरिष्ठ अधिवक्ताहरूसँग छलफल गरेका छन्।
  • उनले पार्टी फुट्न नदिन, सबै पक्षसँग समन्वय गरी पार्टीलाई एकताबद्ध बनाएर लैजान आफ्नो प्रतिबद्धता व्यक्त गरे।
  • छलफलमा कानुन व्यवसायीहरूले विशेष महाधिवेशन बोलाउने अधिकार केवल केन्द्रीय कार्य समितिलाई मात्र भएको र हाल बोलाइएको महाधिवेशन वैध नभएको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका वरिष्ठ नेता डॉ. शेखर कोईरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, बरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेका छन ।

छलफलमा डा.कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताए । पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए ।

कोइरालाले आफु बिष पिएरै भएपनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताए ।

उनले भने ,‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरुसँग पार्टी कुनैपनि हालतमा फुट्न दिनुहुन्न भनेर कुरा गरिहेको छु । पार्टी जोगाउने प्रयास र गरिरहेको छु । चिन्ता नगर्नुहोस् पार्टी जोगिन्छ । पार्टी फुट्न म दिन्न । समन्वय गरेर जाने हो । पार्टीलाई एक ढिक्का बनाएर जाने हो ।’

उक्त छलफलमा कानुन व्यवसायीहरुले नेपाली कांग्रेसको विधान अनुसार बिशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र भएको बताए । अहिले महामन्त्रीहरुले बोलाएको बिशेष महाधिवेशन वैध पनि नभएको र नेतृत्व परिवर्तन गर्न नमिल्ने बताए ।

उक्त छलफलमा सबै नेता तथा कार्यकर्ताहरुले पार्टीलाई फूटबाट जोगाउन डा. शेखर कोइरालाले दुबै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेको थिए ।

यो समाचारमा

नेपाली काँग्रेसडॉ. शेखर कोईरालाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...