ट्राफिक सप्ताहको दोस्रो दिन १९ हजारभन्दा बढी सडक प्रयोगकर्ता सचेत

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

54
Share
Featured
  • काठमाडौं उपत्यकामा सञ्चालन भइरहेको ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ को दोस्रो दिन १९,९२३ सडक प्रयोगकर्ता लाभान्वित भए।
  • यात्रु, पैदलयात्री र चालकलाई सुरक्षित जेब्राक्रसिङ, आकाशेपुल, सब–वे प्रयोग, स्वास्थ्य परीक्षण, प्रशिक्षण र प्रत्यक्ष सचेतनामार्फत सडक सुरक्षा सन्देश दिइयो।
  • ट्राफिक प्रहरीले सुरक्षित सडक संस्कार विकास र दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत काठमाडौं उपत्यकामा हिजो दोस्रो दिन व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। सो अभियानबाट १९ हजार ९ सय २३ जना सडक प्रयोगकर्ता लाभान्वित भएका छन्।

ट्राफिक प्रहरीले यात्रु, पैदलयात्री र चालकलाई लक्षित गर्दै सुरक्षित जेब्राक्रसिङ, आकाशेपुल र सब–वे प्रयोग गराउँदै सचेतना फैलाएको हो। यस क्रममा ५ हजार ३ सय १ जना यात्रु र पैदलयात्रीलाई सुरक्षित बाटो काट्ने अभ्यास गराइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यक्रममा ३ सय १९ जना चालकको एकदिने आँखा स्वास्थ्य परीक्षण, २ सय ११ जना चालक–परिचालकसँग चियापानमार्फत अन्तरक्रिया, ४२ जना टिपर चालकलाई दुर्घटना न्यूनीकरण प्रशिक्षण, र ८३ जना ट्राफिक स्वयंसेवक परिचालन गरिएको थियो।

त्यसैगरी ४ हजार ८ सय ३५ जना चालक र परिचालकसँग दुई मिनेट सचेतना कार्यक्रम, २ हजार २ सय ३४ जना दुई पाङ्ग्रे र २ हजार ९ सय ३७ जना चार पाङ्ग्रे सवारी चालकलाई विशेष सचेतना प्रदान गरिएको थियो। साथै रात्रीकालीन समयमा २ हजार ८ सय ८ जनालाई सचेतना दिइएको थियो।

सडक सुरक्षालाई थप प्रभावकारी बनाउन २ सय ७० स्थानमा सडक फर्निचर सरसफाइ, १ सय ३५ सवारी साधनलाई पिक एन्ड ड्रप व्यवस्थापनबारे जानकारी, १० हजार ६ सय १० जनालाई पर्चा–पम्प्लेट वितरण र ४ हजार ५ सय १४ वटा ट्राफिक सचेतनामूलक स्टिकर टाँस गरिएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताए अनुसार, सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्ने यथार्थलाई आत्मसाथ गर्दै सुरक्षित सडक संस्कार विकास र जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह सञ्चालन भइरहेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...