शंकर पोखरेलको आक्रोश: 'देश जलिरहेको छ, उत्सव मनाउनेहरू को हुन्?'

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

77
Share
Featured
  • नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश संकटमा परेको बेला उत्सव मनाउन नहुने बताएका छन्।
  • उनले संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य संकटमा रहेको भन्दै जनताको पीडा बुझ्नुपर्ने बताए।
  • पोखरेलका अनुसार, उत्सव नमनाउने व्यक्तिहरूलाई ‘दास’ जस्तो लाग्न सक्छ, तर यिनै आजका स्पार्टाकस हुन्, जसले स्वतन्त्रता र स्वाभिमानको झण्डा बोकेर नयाँ विश्वव्यवस्था निर्माण गर्छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले देश संकटमा परेका बेला उत्सव मनाउन नसकिने बताएका छन् । उनले संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको टिप्पणी गरेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले भने, "जनजनको हृदय जलिरहेको घडीमा उत्सव मनाउन सकिँदैन ।"
उनले थप लेखेका छन्, "देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन्, तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन् ।"

पोखरेलले यस्तै व्यक्तिहरूले नै स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर नयाँ विश्वव्यवस्थाको आधारशिला निर्माण गर्ने तर्क गरेका छन् ।


यो समाचारमा

शंकर पोखरेलनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्री र मन्त्रीहरू जनता र दलप्रति उत्तरदायी हुनुपर्छ - अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री र मन्त्रीहरू नेपाली जनता, राजनीतिक दल र आफ्नो नेतृत्वप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने बताएका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँगको छलफलमा बोल्दै उनले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा 'शून्य सहनशीलता' को नीति लिएको स्पष्ट पारे।"हामी सबै मन्त्रीहरू

    Data is loading...

    Loading brands...

    Loading footer...