कांग्रेस विशेष महाधिवेशन: छुटेका प्रतिनिधिको नाम दर्ता जारी, बन्दसत्र केहीबेरमा

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

46
Share
Featured
  • नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको विशेष महाधिवेशनमा पहिलो दिन २,६६२ जना प्रतिनिधिले नाम दर्ता गरिसकेका छन्।
  • हिजो छुटेका प्रतिनिधिहरूको लागि आज बिहान ८:३०–११ बजेसम्म नाम दर्ता प्रक्रिया पुनः सञ्चालन गरिएको छ।
  • बन्दसत्र आजै हुँदैछ, तर बिहान ८ बजे तय भएको समय प्राविधिक कारणले केही ढिलाइ भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको विशेष महाधिवेशनमा छुटेका प्रतिनिधिहरूका लागि आज बिहानैदेखि नाम दर्ता प्रक्रिया पुनः सुरु भएको छ । आइतबार उद्घाटन भएको महाधिवेशनमा पहिलो दिन २,६६२ जना प्रतिनिधिले नाम दर्ता गराइसकेका छन् ।

महाधिवेशन समन्वय समितिका संयोजक युवराज पाण्डेयका अनुसार, हिजो दर्ता गर्न छुटेका प्रतिनिधिहरूको सहजताका लागि आज बिहान ८:३० बजेदेखि ११ बजेसम्म नाम दर्तालाई निरन्तरता दिइएको हो ।

महाधिवेशनको बन्दसत्र आजै हुँदैछ । बिहान ८ बजेका लागि तय भएको बन्दसत्र प्राविधिक कारणले केही ढिलाइ भएको आयोजकले जनाएको छ ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...