विशेष महाधिवेशनमा देउवा सहभागी हुने हल्ला निराधार- सचिवालय

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

60
Share
Featured
  • सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा सहभागी हुन भृकुटीमण्डप जाने भन्ने हल्ला असत्य भएको सचिवालयले स्पष्ट पारेको छ।
  • स्वकीय सचिव भानु देउवाले कुनै औपचारिक कार्यतालिका नरहेको भन्दै गलत सूचना खण्डन गरेका छन्।
  • सामाजिक सञ्जालमा फैलाइएका आधारहीन सूचनाबाट भ्रममा नपर्न सबैलाई आग्रह गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबा आज विशेष महाधिवेशनमा सहभागी हुन भृकुटीमण्डप जाने भनी सामाजिक सञ्जालमा फैलिएको हल्लामा कुनै सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भ्रम फैलाउने उद्देश्यले गलत सूचना प्रवाह गरिएको भन्दै त्यसको खण्डन गरेका छन् ।

"भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रममा सभापति देउवा सहभागी हुने कुनै कार्यतालिका छैन," सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

स्वकीय सचिव देउवाले सामाजिक सञ्जालमा आएका यस्ता आधारहीन सूचनाको पछि नलाग्न र भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । गलत सूचना प्रवाह भएकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको पनि उनले बताए ।

यो समाचारमा

काठमाडौँशेर बहादुर देउबानेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...