पृथ्वीनारायणलाई सम्झिन नसक्नेहरु नेपाली होइनन् : पूर्वमन्त्री विष्ट

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

43
Share
Featured
  • पृथ्वीनारायण शाहको स्मरण: राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिष्टले पृथ्वीनारायण शाहले “सबै जातको फूलबारी” भनेको देश आज विभाजित हुन लागेको भन्दै त्यसकारण पृथ्वी जयन्ती मनाउन आवश्यक रहेको बताएका छन्।
  • राष्ट्रियता र ऐतिहासिक सन्देश: उनले मेची–महाकाली राष्ट्रिय गान “सर्वभौम भएर होइन, खुम्चिएको” भनी ऐतिहासिक सन्दर्भमा व्याख्या गर्दै देश र हिन्दु धर्मलाई रक्षा गर्न शाहले ठोस प्रयास गरेको बताए।
  • कार्यक्रम र स्थानीय सहभागिता: कीर्तिपुरमा शालिकमा माल्यार्पण गर्दै इतिहास जगेर्ना र राष्ट्रिय एकताका लागि स्थानीय समाजसेवी र जनताले एकजुट हुनुपर्नेमा जोड दिइएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय शक्ति नेपालका अध्यक्ष एवम पूर्वमन्त्री केशर बहादुर बिष्टले पृथ्वीनारायण शाहले पहिलै सबै जातको फूलबारी भनेको देशलाई आज फुटाएर सकाउन खोजिएको बताएका छन् ।

आइतबारकीर्तिपुरको लाइब्रेरी चोकमा आयोजित कार्यक्रममा उनले पृथ्वीनारायण शाहले सबै जातको फूलबारी भनेको देशलाई आज फुटाउन खोजिएको भन्दै त्यसकारण पनि पृथ्वी जयन्ती मनाउन आवश्यक रहेको बताए ।

नेपाली भनेर गौरव गर्ने हो भने पृथ्वीनारायणलाई सम्झिनैपर्ने भन्दै शाहलाई सम्झिन नसक्ने मान्छे नेपाली नभएको पनि उनको भनाई छ ।
उनले भने, ‘पृथ्वीनारायण शाहले त्यहीबेला सबै जातको फूलबारी भनेको देशलाई आज फुटाएर वा मासेर सकाउन खोजिएको छ । त्यसकारण नै पृथ्वी जयन्ती मनाउनपर्छ । पृथ्वीनारायण शाहको जय गर्नुपर्छ । हामीले नेपाली भनेर गौरव गर्ने हो भने पृथ्वीनारायणलाई सम्झिनैपर्छ नत्र त्यो नेपाली हुन सक्दैँन् ।’

यस्तै, उनले अहिले सार्वभौम भई फैलिएको मेची–महाकाली भनेर राष्ट्रिय गान गाउने गरेको उल्लेख गर्दै त्यो सार्वभौम भएर होईन् खुम्चिएर मेची महाकाली भएको बताए ।

उनले भने, ‘हामीले अहिले सार्वभौम भइ फैलिएको मेची महाकाली भनेर राष्ट्रिय गान गाउँछौ तर त्यो सार्वभौम भएर होईन् खुम्चिएर मेची–महाकाली भएको हो । बेलायतसँग भएको सम्झौता र सुगौली सन्धिले हामीलाई मेची–महाकालीमा खुम्चाएको हो ।’

देश बिगार्ने षड्यन्त्र अहिले मात्र होइन पृथ्वीनारायण शाहको समयदेखि नै रहेको भन्दै हिन्दु धर्मको रक्षाको लागि पृथ्वी नारायण शाहले बसालेको जगको विरुद्ध इसाईहरुले षड्यन्त्र गरेको पनि उनको भनाई छ ।

उनले भने, ‘देश बिगार्ने षड्यन्त्र अहिले मात्र होइन पृथ्वी नारायण शाहको समयदेखि नै थियो । हिन्दु धर्मको रक्षाको लागि उनले जग बसाले इसाईहरुले हाम्रो विरुद्धमा षड्यन्त्र गरे । एउटा सानो किताबमा लेखेको भरमा पृथ्वीनारायण शाहले नाक र कान काट्यो भनेर आजसम्म कीर्तिपुरका जनताले चित्त दुखाइरहेका छन् ।’

कार्यक्रममा कीर्तिपुर–४ स्थित लाइब्रेरी चोक नजिक निर्माण गरिएको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरिएको थियो । स्थानीय समाजसेवी ध्रुव बस्नेतको अगुवाइमा भएको कार्यक्रममा इतिहास जगेर्ना गर्न सबै एकजुट हुनुपर्नेमा वक्ताहरुले जोड दिए ।

यो समाचारमा

कीर्तिपुरपृथ्वीनारायण शाहकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...