क्रान्तिकारी युवा सङ्घ नेपालद्वारा निर्वाचन वहिष्कार गर्ने घोषणा

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

37
Share
Featured
  • क्रान्तिकारी कम्युनिष्ट पार्टीसहित ६ दलको संयुक्त निर्वाचन बहिष्कार कार्यक्रममा क्रान्तिकारी युवा संघ नेपालले सहभागिता जनाउने जनाएको छ।
  • संघले ४३ बुँदे मागपत्र सरकार समक्ष पेस गरेको र माग सम्बोधन नभए कडा संघर्ष गर्ने चेतावनी दिएको छ।
  • हिरासतबाट हालै रिहा भएका संघका सदस्य शंकर शाहीले अनावश्यक पक्राउप्रति रोष व्यक्त गर्दै कानुन र सर्वोच्च अदालतप्रति आभार व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

क्रान्तिकारी कम्युनिष्ट पार्टीसहित ६ दलले गर्ने संयुक्त निर्वाचन वहिस्कार कार्यक्रममा क्रान्तिकारी युवा संघ नेपालले सहभागिता हुने जनाएको छ ।

आइतबार राजधानीमा संगठनले पत्रकार सम्मेलन गरी नेपाल सरकारसमक्ष पेस गरेको ४३ बुँदे माग पत्र सार्वजनिकसमेत गरेको हो । संघका संयोजक सूर्य तिमल्सिनाले जेनजी बिद्रोले दिएका म्याण्डेटलाई वेवास्ता गरि गरिने निर्वाचनलाई आफूहरुले सशक्त बहिस्कार गर्ने चेतावनी दिए ।

तिमल्सिनाले हाल पुष २५ गते युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तामार्फत नेपाल सरकारलाई राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको विषयमा ४३ बुँदे माग पत्र पेस गरेको बताए ।

‘पछिल्लो समयमा देशको राष्ट्रिय स्वाधीनता तथा जनताको स्वतन्त्रता कुण्ठित हुन लागेको छ त्यसको निकासका लागि सरकारलाई ध्यानाकर्षण गराएका छौं, सरकारले हाम्र माग सम्बोधन नगरे निकट भविष्यमा कडा संघर्ष गर्नेछौं’ तिमल्सिनाले भने ।

१३ दिन हिरासत बसेर भरखरै रिहा भएका संघका सचिवालय सदस्य शंकर शाहीले आफूलाई विनाकारण राज्यले पक्राउ गरेको भन्दै रोश व्यक्त गरे।

शाहीले प्रहरी प्रशासन र म्यानपावर व्यवसायी संघको मिलेमतो रहेको आशंका गर्दै भने,‘मानव तस्कर, देशद्रोहीहरुको उक्साहटमा प्रहरी प्रशासनले मलाई अनावश्यक दुःख दियो, यसको भविष्यमा उनिहरुले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’ ‘मलाई सम्मानित सर्वोच्च अदालतले न्याय दिएकोमा कानुन व्यवसायी र अदालतप्रति आभार व्यक्त गर्दछु’,शाहीले भने ।

संघका सहसंयोजक दोर्ची शेर्पाले संगठनको ४३ बुँदे मागपत्र पढी सार्वजनिक गरेका थिएभने संघका युवा नेता सोम नगरकोटीले सञ्चालन गरेको कार्यक्रममा क्रान्तिकारी खेलकुद महासंघका केन्द्रीय संयोजक सूर्य भूजेल र क्रान्तिकारी उद्योग तथा वाणिज्य संघका केन्द्रीय संयोजक शिब धिमालको पनि उपस्थिति रहेको थियो।

यो समाचारमा

काठमाडौँबब्लु गुप्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...