डा.शेखरको सन्देश : म एकताको पक्षमा छु, प्रधानमन्त्री वा सभापति बन्ने लालचमा छैन्

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

36
Share
Featured
  • डा. शेखर कोइरालाले पार्टी एकतालाई आजको आवश्यक्ता भन्दै आफूलाई कुनै व्यक्तिगत लोभ नभएको स्पष्ट पारे।
  • उनले कांग्रेसको रूपान्तरण र विशेष महाधिवेशनमा शान्तिपूर्ण, भावनात्मक एकता कायम राख्ने प्रण व्यक्त गरे।
  • लोकतन्त्रको रक्षाका लागि सबै एक हुनुपर्ने र बीपी कोइरालाको मेलमिलाप नीति अनुरूप समग्र कांग्रेस एकताको महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका बरिष्ठ नेता डॉ. शेखर कोईरालाले पार्टी एकता आजको आवश्यक्ता भएको बताएका छन् । उनले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको पनि बताए । 

पार्टीको महाधिवेशन र आगामी निर्वाचनको सन्दर्भमा सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै कोइरालाले आफ्नो निजी महत्त्वाकाङ्क्षा नभएको स्पष्ट पारेका हुन् । उनले कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहने प्रष्ट पारेका छन् ।

उनले आफूलाई मन्त्री वा महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित नगरेको र सभापति वा प्रधानमन्त्री हुने कुराले पनि नलोभ्याउने दावी गर्दै आफ्नो परिवारबाट पाएको शिक्षा नै आफ्नो जीवन दर्शन भएको स्पष्ट पारेका छन् ।

परिवारकै दर्शनबाट अभिप्रेरित भएर पार्टी एकताका लागि लागिरहेको बताउँदै उनले कांग्रेस रूपान्तरणको अभियानमा आफू आक्रोशित र अधैर्य भएर अगाडि बढ्न नचाहेको उल्लेख गरे।

डा. कोइरालाले पार्टीको विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको तर पार्टी विभाजनको सन्देश नजाओस् भनेर सतर्कता अपनाएको जिकिर गरे।

कांग्रेस संक्रमणमा पर्दा कसरी र कसले त्याग र अपमान सहनुपर्छ भन्ने आफूलाई थाहा भएको भन्दै उनले अन्तिमसम्म पार्टीको भावनात्मक एकतामा अगाडि बढिरहने प्रण गरे।

देश आसन्न निर्वाचनको संघारमा रहेको र संविधान छतविक्षत अवस्थामा पुगेको भन्दै उनले चिन्ता व्यक्त गरे। जनआन्दोलनबाट निर्वाचित सरकारको ठाउँमा अनिर्वाचित सरकार गठन भएको र संविधानहीनताको अवस्था सिर्जना भएको भन्दै उनले लोकतन्त्रको रक्षाका लागि सबै एक हुनुपर्ने बताए।

महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीको धरोहर भन्दै कोइरालाले विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्न काठमाडौँ आएका प्रतिनिधिहरूले ऐतिहासिक दायित्व निर्वाह गर्ने विश्वास व्यक्त गरे।

कोइरालाले बीपी कोइरालाको मेलमिलापको नीति कुनै कानुनको पन्ना वा विधानबाट नभई अन्तरआत्माको आवाज भएको स्मरण गराए। त्यस्तै सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै समग्र कांग्रेस एकताको बिगुल फुक्ने महाधिवेशन गरेर जानुपर्नेमा उनले जोड दिए।

यो समाचारमा

डॉ. शेखर कोईरालानेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...