क्यासिनोमा २ लाखभन्दा बढी खर्च गर्ने ग्राहकको विवरण अभिलेख राख्न अनिवार्य

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

69
Share
Featured

काठमाडौँ

क्यासिनोमा आएर २ लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्ने ग्राहकको विवरण संकलन गरी अभिलेख राख्न क्यासिनो सञ्चालकहरूलाई अनिवार्य गरेको छ । क्यासिनो कारोबारलाई पारदर्शी, उत्तरदायी र कानूनसम्मत् बनाउन उक्त प्रावधान लागू गरिएको पर्यटन विभागले जनाएको छ ।

विभागले क्यासिनो व्यवसायीहरूलाई जारी गरेको ‘निर्देशन, २०८२’ संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो । संशोधित निर्देशनअनुसार तोकिएको सीमा भन्दा बढी खर्च गर्ने ग्राहकको पहिचान, खर्च विवरण तथा आवश्यक अभिलेख सुरक्षित राख्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।

विभागले यो व्यवस्था सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी जोखिम न्यूनीकरणका लागि लागू गरिएको स्पष्ट पारेको छ । सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ तथा पर्यटन ऐन, २०३५ (संशोधनसहित) ले दिएको अधिकार प्रयोग गरी निर्देशन तुरुन्तै लागू गरिएको विभागको भनाइ छ ।

यससँगै विभागले क्यासिनो व्यवसायीलाई कानूनी दायित्वप्रति सचेत रहँदै तोकिएको मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...