तनहुँमा विभत्स हत्या: एकैदिन दुई पुरुष र एक महिलाको शव फेला

Author

सजिलो पत्रिका

२०८२ पुस २६, शनिबार

67
Share
Featured
  • तनहुँको शुक्लागण्डकी–५ कसेरीघाट क्षेत्रमा दुई पुरुष र नजिकैको जंगलमा एक महिलासहित तीन जनाको शव फेला परेको छ।
  • एक मृतक शुक्लागण्डकी–११ का ४० वर्षीय नारायण विक (फोहोरमैला प्रशोधन केन्द्रका कर्मचारी) पहिचान भएका छन्, अन्य दुईको सनाखत खुल्न बाँकी छ।
  • धारिलो हतियार प्रयोग गरिएको आशंकासहित प्रहरीद्वारा कुकुरसहित सूक्ष्म अनुसन्धान र शंकास्पद व्यक्तिको खोजी तीव्र पारिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

तनहुँको शुक्लगण्डकी नगरपालिकामा आज विभत्स हत्या गरिएका तीन जनाको शव फेला परेको छ । शुक्लागण्डकी–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र सोही स्थानबाट करिब ७०० मिटर टाढा जंगलमा एक महिलाको शव भेटिएको हो ।

मृतकमध्ये एक जनाको पहिचान शुक्लागण्डकी–११ का ४० वर्षीय नारायण विकको रूपमा खुलेको छ, जो सोही प्रशोधन केन्द्रका कर्मचारी थिए । अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।

प्रहरीका अनुसार, मृतक विक र अर्का पुरुषको पेटमा धारिलो हतियार प्रहार गरिएको छ भने महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । शवको प्रकृति हेर्दा यो नियोजित हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको प्राविधिक टोलीले घटनास्थलमा सूक्ष्म अनुसन्धान गरिरहेको छ । प्रहरीले शंकास्पद व्यक्तिको खोजी तीव्र पारेको र नाकाहरूमा निगरानी बढाएको जनाएको छ । यो घटनाले स्थानीयवासी त्रसित बनेका छन् ।

यो समाचारमा

शुक्लगण्डकी नगरपालिकाकाठमाडौँतनहुँगण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

    काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२/८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रमअन्तर्गत दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदुढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ । पोखरा महानगरपालिका–२५ हेमजाका व्यावसायिक कृषक

    Data is loading...

    Loading brands...

    Loading footer...