काठमाडौँ।
अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले ग्रीनल्याण्डमाथि अमेरिकाले स्वामित्व कायम गर्नुपर्ने आफ्नो अडान दोहोर्याएका छन् । उनले सजिलो वा अप्ठ्यारो, जुनसुकै तरिका अपनाएर भए पनि ग्रीनल्याण्डलाई नियन्त्रणमा लिने चेतावनी दिएका छन् ।
रुस र चीनको बढ्दो प्रभावलाई रोक्न ग्रीनल्याण्डमाथि अमेरिकी स्वामित्व आवश्यक रहेको ट्रम्पको दाबी छ । ह्वाइट हाउसले डेनमार्कको यो अर्ध-स्वायत्त क्षेत्र किन्ने योजना बनाएको छ, तर आवश्यक परेमा बल प्रयोग गर्ने विकल्पलाई पनि खुला राखेको छ ।
यता, डेनमार्कले भने ग्रीनल्याण्ड बिक्रीका लागि नभएको स्पष्ट पार्दै अमेरिकी अडानको कडा विरोध गरेको छ । डेनमार्कले यदि अमेरिकाले सैन्य हस्तक्षेप गरेमा त्यो नेटो गठबन्धनको अन्त्य हुने चेतावनी दिएको छ । क्यानडा र अन्य युरोपेली देशहरूले पनि डेनमार्कको समर्थन गरेका छन् ।