प्रतिनिधि सभा निर्वाचनः सर्लाहीमा करिब ४ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिँदै

Author

सजिलो पत्रिका

२०८२ पुस २६, शनिबार

43
Share
Featured
  • फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा ३,९२६ जनाको निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको छ।
  • यसअघि म्यादी प्रहरी, पूर्व प्रहरी, पूर्व वन रक्षक तथा विदेशी सुरक्षा निकायबाट सेवानिवृत्त नेपालीलाई छनोटमा प्राथमिकता दिइनेछ।
  • दरखास्त पुस २५ देखि माघ १ गतेसम्म मलंगवास्थित जिल्ला प्रहरी कार्यालयमा दिन सकिनेछ र कार्यअवधि कम्तीमा ४० दिनको हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा करिब चार हजार निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको छ।

गृह मन्त्रालयले सर्लाहीका लागि ३ हजार ९२६ जनाको कोटा तोकेसँगै जिल्ला प्रहरी कार्यालयले भर्ना प्रक्रिया अघि बढाएको हो।
सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार कुल ३ हजार ९२६ कोटामा महिला र पुरुषको संख्या भने आवश्यकताका आधारमा जिल्लाले नै तय गर्ने छ ।

यसअघिका स्थानीय तह, प्रदेश वा प्रतिनिधि सभा निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरिसकेका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइनेछ।
यसका साथै पूर्व प्रहरी, पूर्व वन रक्षक तथा विदेशी सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकहरूलाई पनि छनौटमा प्राथमिकता दिइने डिएसपी राईले बताए ।

पुस २५ गतेदेखि सुरु भएको दरखास्त संकलन आगामी माघ १ गतेसम्म जारी रहने सर्लाही प्रहरीले जनाएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकले सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर दरखास्त दिन सक्नेछन् ।

नियुक्ति पाएको मितिले निर्वाचन प्रहरीको कार्यअवधि कम्तीमा ४० दिनको हुनेछ। यद्यपि, सरकारको निर्णयअनुसार यस अवधिमा हेरफेर हुन सक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीमा निर्वाचनका लागि कुल ३१२ मतदानस्थल र ६२८ वटा मतदान केन्द्र तोकिएको छ।

यो समाचारमा

सर्लाहीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...