हाँडीगाउँको प्राचीनता फर्काउन ९ करोड ४५ लाखमा ५४ घरको अग्रमोहडा सुधार हुँदै

Author

सजिलो पत्रिका

२०८२ पुस २६, शनिबार

45
Share
Featured
  • काठमाडौं महानगरपालिकाले हाँडीगाउँको ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउन कृष्णमन्दिरदेखि भवँर कुःसम्म ३०९ मिटर क्षेत्रको अग्रमोहडा सुधार अभियान सुरु गरेको छ।
  • करिब ९ करोड ४५ लाख रुपैयाँको लागतमा ५४ घरको अग्रमोहडा मौलिक नेवार शैलीमा सुधार गरिनेछ भने ९ घरधनीले आफैं सुधार गरिसकेका छन्।
  • परियोजनाअन्तर्गत परम्परागत झ्यालढोका, बलेँसी, झिँगटी छाना, ढुङ्गा छापेको सडक तथा पाटी–पौवा, मन्दिर र डबलीको पुनरुत्थान गरिनेछ।
  • उपत्यकाकै प्राचीन बस्ती हाँडीगाउँको मौलिकता संरक्षणले स्थानीय पहिचान मजबुत बनाउने र पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिकाले आधुनिक निर्माणका कारण हराउँदै गएको हाँडीगाउँको ऐतिहासिक र सांस्कृतिक पहिचान पुनःस्थापना गर्न ठूलो अभियान सुरु गरेको छ।

यसअन्तर्गत कृष्णमन्दिरदेखि डबली हुँदै भवँर कुःसम्म करिब ३०९ मिटर सडक आसपासका ५४ वटा घरको अग्रमोहडा मौलिक नेवार शैलीमा सुधार गरिनेछ। यसका लागि ९ करोड ४५ लाख रुपैयाँमा निर्माण सम्झौता भएको छ।

यस मार्गमा रहेका ६३ घरमध्ये ९ घरधनीले आफैँ अग्रमोहडा सुधार गरिसकेका छन् भने बाँकी घरमा वडा कार्यालय र महानगरपालिकाको समन्वयमा काम अघि बढाइनेछ।

परियोजनाअन्तर्गत परम्परागत झ्यालढोका, बालकोनी, पेटी, गारो, बलेँसी र झिँगटी छानाको प्रयोग गर्दै भवनको मौलिक स्वरूप फर्काइनेछ। साथै, सडकमा ढुङ्गा छाप्ने, पाटी–पौवा, मन्दिर, डबली र सामुदायिक संरचनाको पुनरुत्थान पनि गरिनेछ।

वडाध्यक्ष वीरेन्द्र प्रजापतीका अनुसार हाँडीगाउँ उपत्यकाकै प्राचीन बस्तीमध्ये एक हो, जहाँ पूर्व–लिच्छवी र लिच्छवीकालीन सांस्कृतिक तथा पुरातात्विक अवशेष भेटिएका छन्। ‘हाँडीगाउँको प्राचीनता नरःदे हो, यसलाई जोगाउन गुरुयोजनाअनुसार चरणबद्ध रूपमा काम गरिरहेका छौँ,’ उनले बताए।

धार्मिक, सामाजिक तथा सांस्कृतिक जात्रा–पर्वमा निरन्तर प्रयोग हुने यस मार्गको मौलिकता संरक्षणले स्थानीय पहिचानसँगै पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...