कोशी प्रदेशको पहिलो घुम्ती अस्पताल सञ्चालनमा

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

42
Share
Featured
  • कोशी प्रदेश सरकारले पहिलोपटक घुम्ती अस्पताल सञ्चालन गर्दै झापाको कमल गाउँपालिकाबाट सेवा सुरु गरेको छ।
  • अत्याधुनिक उपकरणसहितको बसमार्फत रेडियोलोजी, एक्स–रे, ब्लड टेस्टलगायत सेवा गाउँ–गाउँसम्म पुर्‍याइनेछ।
  • करिब ८० लाख खर्चमा सञ्चालन गरिएको यो घुम्ती अस्पताललाई महामारी र आकस्मिक स्वास्थ्य संकटमा प्रभावकारी बनाउने लक्ष्य छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कोशी प्रदेश सरकारले पहिलोपटक कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ । झापाको कमल गाउँपालिकाबाट घुम्ती अस्पतालको शुभारम्भ गरिएको हो ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले घुम्ती अस्पतालको शुभारम्भ गर्दै यो सेवालाई गाउँ–गाउँसम्म विस्तार गरिने बताए । महामारी फैलिँदा तथा आकस्मिक स्वास्थ्य संकटका बेला तत्काल सेवा पु-याउन घुम्ती अस्पताल प्रभावकारी हुने विश्वास रहेको उनले बताए ।

ठूलो बसभित्र अत्याधुनिक स्वास्थ्य उपकरण जडान गरी घुम्ती अस्पताल सञ्चालन गरिएको हो । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार घुम्ती अस्पतालमा रेडियोलोजी सेवा, मुटुको एक्स–रे, ब्लड टेस्ट तथा रगतको नमुना सङ्कलन गरी परीक्षण गर्ने उपकरण जडान गरिएको जानकारी दिइन् ।

मुख्यमन्त्री कार्कीले यो घुम्ती अस्पताल नेपालमै पहिलो र नमुनायोग्य भएको उल्लेख गर्दै यसलाई थप परिस्कृत गरी आम जनतासम्म पु-याउने तयारी प्रदेश सरकारले गरिरहेको जनाए । प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले प्रदेश सरकारले जनताले देख्ने गरी स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताए ।

घुम्ती अस्पताल सञ्चालनका लागि करिब ८० लाख रुपैयाँ खर्च गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार बसमै सबै सेवा समेटेर स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती अस्पताल सुरु गरिएको हो । यसैबीच स्वास्थ्य निर्देशनालयले घुम्ती अस्पताल शुभारम्भकै अवसरमा कमल गाउँपालिकामा स्वास्थ्य शिविरसमेत आयोजना गरिएको जनाए ।

यो समाचारमा

कोशी प्रदेशकाठमाडौँकमल गाउँपालिकाहिक्मत कुमार कार्की
झापा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...