ट्रम्पलाई भेट्न भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडो वाशिंगटन जाने

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

41
Share
Featured
  • भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडो आगामी साता अमेरिकी राजधानी वाशिंगटन डीसी जाने भएकी छन्।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माचाडोलाई भेट्न उत्सुकता व्यक्त गरेका छन्; यो उनीहरूको पहिलो प्रत्यक्ष भेट हुनेछ।
  • माचाडोले अक्टोबर २०२५ मा नोबेल शान्ति पुरस्कार जितेपछि ट्रम्पसँग सीधा सम्पर्क राखेकी थिइनन्।
  • ट्रम्पले माचाडोलाई ‘अति राम्रो महिला’ भने पनि भेनेजुएलामा उनको नेतृत्व क्षमतामा शंका व्यक्त गरेका छन्, तर माचाडोले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो समातिएको घटनामा ट्रम्पलाई व्यक्तिगत धन्यवाद दिन चाहेको बताएकी छिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडो आगामी साता संयुक्त राज्य अमेरिकाको राजधानी वाशिंगटन डीसी जाने भएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले माचाडो अमेरिका आउन लागेको र उनले आफुलाई भेट्ने अपेक्षा व्यक्त गरेको बताएका छन् ।

ट्रम्पले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा,‘म बुझ्छु उनी अर्को साता कुनै समय आउँदैछिन र म उनलाई ‘भेट्नको लागि उत्सुक छु,’ भनि बताएको अमेरिकन सञ्चारमाध्यमले जनाएका छन् ।

यो भेट ट्रम्प र माचाडोको पहिलो प्रत्यक्ष भेट हुनेछ । माचाडोले अक्टोबर २०२५ मा नोबेल शान्ति पुरस्कार जितेपछि ट्रम्पसँग त्यो समयदेखि ट्रम्पसँग सीधा कुरा नभएको बताएकी थिइन् ।

ट्रम्पले माचाडोलाई ‘अति राम्रो महिला’ भनेका छन् तर भेनेजुएलामा उनको नेतृत्व क्षमताप्रति शंका पनि व्यक्त गरेका छन् । ट्रम्का अनुसार, देशभित्र उनले पर्याप्त समर्थन र सम्मान पाउने अवस्था छैन ।

माचाडोले फक्स न्यूजसँग दिएको अन्तरवार्तामा उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो समातिएको घटनाप्रति ट्रम्पलाई व्यक्तिगत रूपमा धन्यवाद भन्न चाहेको बताएकी थिइन् ।

यो समाचारमा

भेनेजुएलाकाठमाडौँडोनाल्ड जोन ट्रम्पसंयुक्त राज्य अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...