संघर्ष समितिद्वारा निर्वाचन बहिस्कार सम्बन्धी पहिलो चरणको कार्यक्रम घोषणा

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

38
Share
Featured
  • केन्द्रीय संयुक्त संघर्ष समितिले फागुन २१ प्रतिनिधिसभा निर्वाचन बहिस्कारको पहिलो चरणको कार्यक्रम घोषणा गरेको छ, जसमा पौष २६ देखि माघ ५ सम्म विभिन्न गतिविधि समावेश छन्।
  • कार्यक्रममा प्रचार–पर्चा वितरण, मशाल जुलुस, उपत्यका बन्द, शहरहरूमा अन्तरक्रिया गोष्ठी र माघ ५ गते देशव्यापी विरोध प्रदर्शन समावेश छन्।
  • समिति सीपी गजुरेलको संयोजकत्वमा गठन भएको छ र देशका ७७ जिल्लामा जिल्ला सयुक्त संघर्ष समितिहरू मार्फत कार्यक्रम अघि बढाइनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

केन्द्रीय संयुक्त संघर्ष समितिले फागुन २१ गते तोकिएको निर्वाचन बहिस्कारसम्बन्धी पहिलो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच समितिले पौष २६ गतेदेखि माघ ५ गतेसम्मको पहिलो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको हो ।

यस्तो छ पहिलो चरणको कार्यक्रम

–पौष २६ र २७ प्रचार प्रसार÷ पर्चा वितरण

–पौष २८ गते देशब्यापी मशाल जुलुस

– पौष २९ गते उपत्यका बन्द

– माघ २ गते इटहरी, जनकपुर, सिमरा, चितवन, पोखरा, बुटवल, बाङ, नेपालगन्ज र धनगढीमा निर्वाचनको औचित्यहीनताबारे अन्तरक्रिया गोष्ठी

–माघ ५ गते देशव्यापी विरोध प्रदर्शन

स्वाधीन संयुक्त जनसरकार र जनसविधानको निम्ति देशव्यापी मान्दोलन अघि बढाउन क्रन्तिकारी कम्युनिष्ट पार्टी, नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, नेकपा (जनपक्ष) नेकपा र समाजवादी कम्युनिस्ट पार्टी, नेपाल सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समिति गठन गरिएको हो ।

सीपी गजुरेलको संयोजकत्वमा गठित केन्द्रीय संयुक्त सघर्ष समितिमा रामसिंह श्रीस, शारदा महत, धर्मेन्द्र बास्तोला, दीपक चलाउने, रूपा मुढा, आहुति, राजेश्वरी सुबेदी, रुपा सुनार, महिन्द्र मल्ल, दिनेश बर्तौला, इन्दिरा अधिकारी, ऋषि कट्टेल, खेमनारायण ढुङ्गाना, शशी घिमिरे, समरजंग र समिर सिंह रहेका छन् ।

कार्यक्रममा संयोजक गजुरेलले देशका ७७ जिल्लामा पनि जिल्ला सयुक्त संघर्ष समिति गठन गरी संघर्षको कार्यकस अघि बढाइने जानकारी दिए ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...