राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा ‘नेशनल ट्रान्सफर एकाउण्ट’ प्रतिवेदन सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार १९:०८

39
Share
Featured
  • राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक ‘नेशनल ट्रान्सफर एकाउण्ट’ नेपाल, २०७८/७९ प्रतिवेदन सार्वजनिक गरेको छ, जसले विभिन्न उमेर समूहबीचको आय, उपभोग र आर्थिक स्रोतको प्रवाह विश्लेषण गरेको छ।
  • प्रतिवेदनअनुसार २७–४६ वर्ष उमेर समूहमा श्रम आम्दानी उपभोगभन्दा बढी रहेर जीवनचक्र बचत देखिन्छ भने बालबालिका र वृद्धमा उपभोग बढी भई जीवनचक्र अभाव देखिएको छ; कुल जीवनचक्र अभाव करिब १.५२७ अर्ब रुपैयाँ रहेको छ।
  • शिक्षा क्षेत्रमा निजी खर्च सार्वजनिक खर्चभन्दा बढी र स्वास्थ्य क्षेत्रमा सार्वजनिक उपभोग बढी देखिएकाले नीति सुधार, रोजगार सिर्जना, सीप विकास र दीर्घकालीन वित्तीय दिगोपना आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेशनल ट्रान्सफर एकाउण्ट’ नेपाल, २०७८/७९ शीर्षकको प्रतिवेदन सार्वजनिक गरेको छ ।
नेपालमा पहिलो पटक नेशनल ट्रान्सफर एकाउण्ट अवधारणामा आधारित यो प्रतिवेदनले विभिन्न उमेर समूहबीच हुने आय, उपभोग तथा आर्थिक स्रोतको प्रवाहको विश्लेषण प्रस्तुत गरेको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०१३ मा स्वीकृत गरेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त पद्धतिअनुसार तयार गरिएको नेशनल ट्रान्सफर एकाउण्ट विश्वका १०० भन्दा बढी मुलुकमा जनसांख्यिक परिवर्तन र अन्तरपीढी आर्थिक सम्बन्ध अध्ययनका लागि प्रयोग हुँदै आएको छ । नेपालका लागि आर्थिक वर्ष २०७८÷७९ लाई आधार वर्ष मानी प्रतिवेदन तयार गरिएको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा करिब ६५ प्रतिशत जनसंख्या १५–६४ वर्षको काम गर्न योग्य उमेर समूहमा रहेकाले देश जनसांख्यिक अवसरको अवस्थामा रहेको देखिन्छ । तर नेशनल ट्रान्सफर एकाउण्ट विश्लेषणले श्रम आम्दानी र उपभोगबीच उल्लेखनीय अन्तर रहेको संकेत गरेको छ ।

उमेरगत विश्लेषणअनुसार २७ देखि ४६ वर्ष उमेर समूहमा श्रम आम्दानी उपभोगभन्दा बढी रहेर जीवनचक्र बचत देखिएको छ । बालबालिका, युवा तथा वृद्ध उमेर समूहमा भने उपभोग श्रम आम्दानीभन्दा बढी रहेकाले जीवनचक्र अभाव देखिएको प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा बढी प्रतिव्यक्ति जीवनचक्र अभाव वृद्ध उमेर समूहमा देखिएको छ । समग्रमा आर्थिक वर्ष २०७८/७९ मा देशको कुल उपभोग श्रम आम्दानीभन्दा बढी भई करिब १.५२७ अर्ब रुपैयाँ बराबरको जीवनचक्र अभाव रहेको प्रतिवेदनले देखाएको छ ।

सार्वजनिक र निजी उपभोगको तुलनात्मक विश्लेषणमा शिक्षा क्षेत्रमा निजी खर्च सार्वजनिक खर्चभन्दा उल्लेखनीय रूपमा बढी रहेको पाइएको छ । स्वास्थ्य क्षेत्रमा भने सबै उमेर समूहमा सार्वजनिक उपभोग निजी उपभोगभन्दा बढी देखिएको छ । यसले शिक्षा क्षेत्रमा सार्वजनिक लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएको छ ।

प्रतिवेदनले श्रम बजारका चुनौतीहरू पनि उजागर गरेको छ । नेपालमा श्रम बजार सहभागिता दर ३८.५ प्रतिशत मात्र रहेको र युवा बेरोजगारी दर १२.७ प्रतिशत पुगेको उल्लेख छ । यस अवस्थाले जनसांख्यिक अवसरको प्रभावकारी उपयोगका लागि रोजगारी सिर्जना, सीप विकास र उत्पादक रोजगारी प्रवद्र्धनका नीतिगत सुधार आवश्यक रहेको संकेत गर्दछ ।

नेशनल ट्रान्सफर एकाउण्ट प्रतिवेदनले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा तथा दीर्घकालीन वित्तीय दिगोपनासम्बन्धी नीति निर्माणमा तथ्यमा आधारित मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी दिनमा सम्पत्तिमा आधारित पुनर्वितरण तथा सार्वजनिक–निजी हस्तान्तरणको विस्तृत विश्लेषण गर्दै नेशनल ट्रान्सफर एकाउण्टको दायरा विस्तार गर्ने जनाएको छ । यो प्रतिवेदन संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको प्राविधिक सहयोगमा तयार गरिएको हो ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#सार्वजनिक#बजार#आम्दानी#स्वास्थ्य#संयुक्त राष्ट्रसंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू