मतदाताको विवरण शुल्क लिएर दिने आयोगको व्यवस्था

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

39
Share
Featured
  • निर्वाचन आयोगले मतदाताको गोपनीयता सुरक्षित गर्दै संवेदनशील विवरणबिनाको मतदाता नामावली दल र उम्मेदवारलाई उपलब्ध गराउने व्यवस्था गरेको छ।
  • देशभर, प्रदेश, जिल्ला वा निर्वाचन क्षेत्रअनुसार फरक–फरक शुल्क तिरेर विद्युतीय माध्यमबाट नामावली लिन सकिनेछ।
  • फोटोसहितको नामावली सम्बन्धित मतदाताले मात्र हेर्न पाउनेछन् भने फोटोबाहेकको नामावली सर्वसाधारणका लागि खुला रहनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन आयोगले मतदाताको गोपनीयता सुरक्षित गर्दै राजनीतिक दल र उम्मेदवारलाई मतदाता नामावली उपलब्ध गराउने व्यवस्था गरेको छ ।

आयोगले जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरजस्ता संवेदनशील विवरण भने कुनै हालतमा उपलब्ध नगराइने स्पष्ट पारेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार आयोगमा दर्ता भएका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि देशभरको मतदाता नामावली लिन चाहेमा १० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्तो विवरण दलको औपचारिक पत्रका आधारमा विद्युतीय माध्यम (हार्डड्राइभ वा पेनड्राइभ) मार्फत उपलब्ध गराइने आयोगले जनाएको छ ।

एउटा प्रदेशको मात्र मतदाता विवरण आवश्यक परेमा पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ । तर उपलब्ध गराइने विवरणमा मतदाताको व्यक्तिगत पहिचान खुल्ने संवेदनशील सूचना समावेश गरिने छैन ।

निर्देशिकाले मतदाता नामावली हेर्ने र सार्ने क्रममा नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाइने व्यवस्था पनि गरेको छ । निर्वाचन अधिकृतले मतदाता, दलका प्रतिनिधि वा उम्मेदवारलाई आवश्यक परे नामावली हेर्न र आफ्नै खर्चमा सार्न दिनुपर्नेछ ।

फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले मात्र हेर्न पाउनेछन् भने फोटोबाहेकको नामावली सर्वसाधारणले पनि हेर्न सक्ने व्यवस्था गरिएको छ ।

यदि कुनै मतदाताले आफ्नै विवरणको प्रतिलिपि लिन चाहेमा निर्वाचन कार्यालयले १० हजार रुपैयाँ शुल्क लिएर सो मतदाताको मात्र विवरण आउने गरी नामावली उपलब्ध गराउनुपर्नेछ ।

यस्तै, आयोगमा दर्ता भएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले जिल्लाभरको मतदाता नामावली लिन तीन हजार रुपैयाँ र कुनै एक निर्वाचन क्षेत्रको विवरण लिन पनि तीन हजार रुपैयाँ तिर्नुपर्नेछ । तर यस अवस्थामा पनि जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बर दिइने छैन ।

यो समाचारमा

काठमाडौँनिर्वाचन आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...