नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

69
Share
Featured
  • नेकपा (माओवादी) को समाजवादी जागरण अभियान धनुषा पुगेको छ, जहाँ धनुषाधाम र जनकपुरधाममा कार्यक्रम गरी जनसमुदायलाई अभियानबारे जानकारी गराइएको छ।
  • पुस २० गते काकड्भिट्टाबाट सुरु भएको अभियानले शुसीला कार्की नेतृत्वको सरकारले जेन–जी आन्दोलनको म्यानडेट बिर्सेको आरोप लगाउँदै विभिन्न राजनीतिक र आर्थिक माग अघि सारेको छ।
  • भ्रष्टाचारविरुद्ध कडा कारबाही, संयुक्त सरकार, नागरिक आयोग गठन र कालोबजारी नियन्त्रण जस्ता मागसहित अभियान पुस ३० गतेसम्म देशभर सञ्चालन हुने बताइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को समाजवादी जागरण अभियान धनुषा आइपुगेको छ । बिहीबार धनुषा आइपुगेका अभियानमा आवद्ध पार्टीका केन्द्रिय सदस्य तथा कार्यकर्ताहरुले जिल्लाका विभिन्न स्थानमा अभियान बारे जनसमुदायलाई जानकारी गराएको छ ।

उनीहरुले धनुषाको धनुषाधाम नगरपालिकाजनकपुरधाममा कार्यक्रम गर्दै जनसमुदायलाई अभियानबारे जानकारी गराएको छ । पुस २० गत्ते देखि काकड्भिट्टाबाट सुरु भएको उक्त अभियान देशका तीन स्थानबाट एकै साथ सुरु भएको समाजवादी युवा जागरण अयिभानका प्रमुख तथा नेकपा (माओवादी)का केन्द्रिय सदस्य प्रकाश केसीले जानकारी दिए ।

उक्त अभियानले विभिन्न मागहरु उठाउँदै जनतालाई सचेत गराउने उद्देश्यका साथ देशभर भ्रमण गरिरहेको अभियानका प्रमुख केसीले बताए ।
नागरिक सरकारको नाममा बनेको शुसीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको म्यानडेट बिर्सेको नेकपा (माओवादी) पार्टीले ठहर गर्दै विभिन्न माग अघि सारेको उनले बताए ।

संयुक्त राजनीतिक दलसहितको सरकार हुनुपर्ने, भ्रष्टाचारीहरुको सम्पत्ति छानबीन गरी आजीवन कारावासको व्यवस्था गर्नुपर्ने, नागरिक आयोग गठन गर्नु पर्ने, कालो बाजारी नियन्त्रण गर्न ५०० र १००० का नोट बन्द गर्नुपर्ने, पूराना राजनीतिक दलहरुको भण्डाफोर गर्ने, नयाँ बनेका राजनीतिक दलहरुमा आवद्ध केही अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुको बारेमा जनतालाई जानकारी गराउने लगायतका विषय लिएर अभियान सञ्चालन गरिएको अभियानका प्रमुख केसीले जानकारी दिए।

उनले यी विषयहरुको बारेमा जनतालाई जानकारी गराई उनीहरुको समस्या पनि बुझ्नका लागि पूर्वदेखि पश्चिमसम्म अभियान सञ्चालन गरिएको उनले बताए । अभियानले अहिलेसम्म मधेशको ६ जिल्लामा कार्यक्रम गरिसकेको र बाँकी जिल्लाहरु पनि एक दुई दिन भीत्रै जाने केसीले बताए । उनले अभियान पुस ३० गत्तेसम्म चल्ने जानकारी दिए ।

यो समाचारमा

काठमाडौँधनुषाजनकपुरनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
धनुषाधाम नगरपालिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...