टोखा नगरपालिकाको ९ नम्बर वडामा ‘एक वडा, एक पार्क’ नीति कार्यान्वयन

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

56
Share
Featured
  • टोखा नगरपालिका वडा नं. ९ मा एक वडा, एक पार्क नीति अनुसार बागमती सभ्यतासँग सहकार्यमा तीन रोपनी क्षेत्रमा पार्क निर्माण अन्तिम चरणमा पुगेको छ।
  • स्वास्थ्य, शिक्षा, खानेपानी, वातावरण र पूर्वाधारमा काम अगाडि बढाएको; खानेपानी समस्या समाधानका लागि बोरिङ र मेलम्ची खानेपानीसँग सहकार्य गरिरहेको छ।
  • सार्वजनिक जग्गा, मठमन्दिर संरक्षण र जेष्ठ नागरिक, बालबालिका तथा युवाको हितमा काम गर्दै; टार्केश्वरमा पुल निर्माण र सडक/करिडोर व्यवस्थित गर्दै दिगो विकासको प्रयास भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

टोखा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामभक्त घिमिरेले टोखा नगरपालिकाले लिएको नीतिअनुसार, एक वडा, एक पार्क अनुसार बागमती सभ्यतासँग सहकार्य गरेर एउटा पार्क बनाउने प्रक्रियामा रहेको बताएका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले टोखा नगरपालिकाले पूर्वाधारको पक्षमा ८५% काम सकिसकेको भन्दै स्वास्थ्य, शिक्षा, खानेपानी, वातावरण लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको बताए ।

उनले भने, ‘पूर्वाधारमा हामी ८५% काम सकिसकेका छौ र स्वास्थ्य, शिक्षा, खानेपानी, वातावरण लगायत विभिन्न क्षेत्रमा काम गरिरहेका छौ । टोखा नगरपालिकाले लिएको नीतिअनुसार, एक वडा, एक पार्क भने जस्तै, हामीले बसपार्कको नजिकै बागमती सभ्यतासँग सहकार्य गरेर, एउटा पार्क बनाउँदै छौँ । झन्डै ३ रोपनी जग्गामा फैलिएको पार्कले के गर्छ भने, यो एसियाको नमुना बसपार्कको अगाडि रहेको छ । यसले टोखाको समग्र झलक दिनेछ र त्यो पार्क झनै अन्तिम चरणमा पुगेको छ ।’

यस्तै, उनले प्रतिबद्धता अनुसारको खानेपानी पु¥याउन नसकेको भन्दै त्यसको लागि यसपालि बजेट विनियोजन भएको र मेलम्ची खानेपानीसँग पनि सहकार्य गरेर अगाडि बढि रहेको बताए ।

उनले भने, ‘हामीले प्रतिबद्धता गरे अनुसारको एउटा खानेपानी पूर्ण रूपमा पुर्याउन सकिरहेका छैनौ । त्यसको लागि यसपालि पनि दुईटा बोरिङ गरिसक्यौँ र थप बोरिङ गर्नको लागि बजेटिङ विनियोजन गरिसकेका छौ । यसपालि हामी अर्को थप बोरिङ गरेर खानेपानीको समस्या समाधान गर्ने पक्षमा छौं । हामीले मेलम्ची खानेपानीसँग पनि सहकार्य गरेर, हप्ताको दुई दिन जनताको घरघरमा पानी आइपुग्ने गरी सहकार्य गरेका छौँ । अहिले समग्र हेर्दा हामी काममा निकै अगाडि बढेका छौँ ।’

टोखा नगरपालिका वडा नं ९ मा रहेका सार्वजनिक जग्गा र मठमन्दिर संरक्षण गर्ने र जेष्ठ नागरिक, बालबालिका र युवाहरुको हितका लागि कार्य गरेर अगाडि बढिरहेको पनि उनको भनाई छ ।

यस्तै, उनले दिगो विकासका लागि तार्केश्वरमा पुल निर्माणको क्रममा रहेको भन्दै करिडोरलाई व्यवस्थित गर्ने, बाटोहरूलाई व्यवस्थित र सुव्यवस्थित बनाउने काम पनि भईरहेको जानकारी दिएका छन् ।

उनले भने, ‘दिगो विकासका लागि एउटा टार्केश्वरमा पुल निर्माण गर्यौ र त्यो पुल अन्तिम चरणमा पुगेको छ । अन्य कुराहरूको लागि करिडोरलाई व्यवस्थित गर्ने, बाटाहरूलाई व्यवस्थित र सुव्यवस्थित बनाउन धेरै काम गरिसकेका छौ । हामीले खानेपानी, ढलको काम सबै पूरा गरेर मात्र बाटो विस्तार गर्ने काम गर्छौ । अब आगामी वर्षमा हामीले गर्नुपर्ने भनेको यहाँ रहेका युवा, जेष्ठ नागरिक र जनताहरूलाई दिनुपर्ने सेवा सुविधाका लागि तत्पर भएर लाग्ने हो ।’

यो समाचारमा

टोखा नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...