कर्णाली सरकारले संघीय निर्वाचन क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

37
Share
Featured
  • कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका संघीय निर्वाचन क्षेत्रमा रहेका स्वास्थ्य संस्थाको सेवा सुदृढीकरणका लागि स्थानीय तहलाई बजेट अख्तियारी दिने निर्णय गरेको छ।
  • पञ्चपुरी, दुल्लु र हिमा गाउँपालिकालाई क्रमशः सालकोट, दुल्लु र कालिका खेतु स्वास्थ्य संस्थाका लागि एक/एक करोड रुपैयाँ प्रदान गरिनेछ।
  • दैलेखको राकम कर्णाली इलाका प्रहरी कार्यालय भवन निर्माणका लागि ६० लाख बजेट स्वीकृतिकाे प्रक्रिया अघि बढाउने र सडक आयोजनासम्बन्धी अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय पनि भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका संघीय निर्वाचन क्षेत्रमा रहेका एक/एक स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने कर्णाली प्रदेश सरकारले निर्णय गरेको छ ।

बिहिबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद्ले तीन वटा स्थानीय तहलाई एक/एक करोड बजेट दिने निर्णय गरेको हो ।

सुर्खेतको सालकोट अस्पतालको लागि पञ्चपुरी नगरपालिकालाई एक करोड, दैलेखको दुल्लु अस्पतालको लागि दुल्लु नगरपालिकालाई एक करोड र जुम्लाको कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हिमा गाउँपालिकालाई एक करोड रकम दिने निर्णय भएको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।

त्यस्तै, इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माणको लागि साठी लाख सम्बन्धित इलाका प्रहरी कार्यालयमा अख्तियारी प्रदान गर्न नेपाल सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने र प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन इकाई सुर्खेत र ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शाहले बताए ।

यो समाचारमा

सुर्खेतकर्णाली प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...