संगठनको श्रीवृद्धिका लागि सामूहिक सहकार्य आवश्यक-आईजीपी कार्की

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

36
Share
Featured
  • आईजीपी दानबहादुर कार्कीले प्रहरी संगठनको श्रीवृद्धि र व्यावसायिकताका लागि सामूहिक सहकार्य आवश्यक रहेको बताएका छन्।
  • अपराध अनुसन्धान, तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउ र सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्न निर्देशन।
  • आसन्न निर्वाचन शान्तिपूर्ण बनाउन स्थानीय तह र सरोकारवालासँग समन्वय गरी जवाफदेही र नागरिकमैत्री सेवा प्रवाह गर्न जोड।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संगठनको श्रीवृद्धिका लागि सामूहिक सहकार्य अपरिहार्य रहेको बताएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा संवेदनशीलताका सम्बन्धमा मातहतका निकायलाई भर्चुअल माध्यमबाट निर्देशन दिँदै उनले यस्तो बताएका हुन् ।

आईजीपी कार्कीले सबै प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता, अनुशासन र नागरिकमैत्री सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे । उनले भने, “कुनै पनि अपराधविरुद्ध निर्मम भई सबैले आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ ।”

उनले पारदर्शी अपराध अनुसन्धान, सीमामा हुने तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउ र सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्न निर्देशन दिए ।

आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीति अपनाउन जोड दिँदै आईजीपी कार्कीले स्थानीय तह र सरोकारवालासँग समन्वय गरी व्यावसायिक र जवाफदेही सेवा प्रवाह गर्नुपर्ने बताए । उनले नागरिकका गुनासो सम्बोधन गर्दा शिष्ट बोली र व्यवहार अपनाउनसमेत सबै प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...