बारामा १५ वर्षीया किशोरी झुण्डिएको अवस्थामा मृत फेला

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

53
Share
Featured
  • बाराको सुवर्ण गाउँपालिका–४, हर्दियामा १५ वर्षीया किशोरी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्।
  • बिहानै परिवारबाट सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।
  • मृत्युको कारण खुल्न बाँकी छ; शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाराको सुवर्ण गाउँपालिका-४, हर्दियामा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । १५ वर्षीया निभा कुमारी यादव आफ्नै घरको बाख्रा गोठमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, आज बिहान करिब ४:३० बजेतिर मृतककी आमाले छोरीलाई सलको पासो लगाएर झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी चरमोहनाबाट खटिएको टोलीले घटनास्थललाई सुरक्षित राखी अनुसन्धान सुरु गरेको छ ।

किशोरीले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन । प्रहरीले शव पोष्टमार्टमका लागि पठाउने तयारी गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो समाचारमा

बाराकाठमाडौँसुवर्ण गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ । प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार

    Data is loading...

    Loading brands...

    Loading footer...