सुनको भाउ तोलामा दुई हजारले घट्यो, चाँदी पनि सस्तियो

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

60
Share
Featured
  • बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २,००० रुपैयाँले घटेर २,६५,७०० रुपैयाँ पुगेको छ।
  • हिजो सुन प्रतितोला २,६७,७०० रुपैयाँमा कारोबार भएको थियो; यसअघि पुस १३ मा मूल्य हालसम्मकै उच्च २,७०,६०० रुपैयाँ थियो।
  • चाँदीको मूल्य पनि घटेर ४,८३५ रुपैयाँ प्रति तोला पुगेको छ, हिजो यो ४,९३५ रुपैयाँ थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार, आज सुनको भाउ प्रतितोला २,००० रुपैयाँले घटेको हो ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँ तोकेको छ । हिजो (बुधबार) सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि पुस १३ गते सुनको मूल्य हालसम्मकै उच्च २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले घटेको छ । हिजो हालसम्मकै उच्च मूल्य प्रतितोला ४,९३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४,८३५ रुपैयाँमा झरेको छ ।

यो समाचारमा

काठमाडौँसुनचाँदी ब्यवसायी महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...