राष्ट्रियसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध उजुरी दिने दिन

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

34
Share
Featured
  • राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारविरुद्ध आज (बिहीबार) सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिनेछ।
  • बुधबार सातै प्रदेशका राजधानीमा उम्मेदवारहरूको मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
  • पुस २५–२६ मा छानबिन, पुस २७ मा नाम फिर्ता तथा अन्तिम नामावली, र पुस २८ मा निर्वाचन चिह्न प्रदान गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (बिहीबार) उम्मेदवारविरुद्ध उजुरी दिने दिन तोकिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार, आज मनोनयन दर्ता गराएका उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिनेछ ।

हिजो (बुधबार) सातवटै प्रदेशका राजधानीमा शान्तिपूर्ण रूपमा उम्मेदवारहरूको मनोनयन दर्ता कार्य सम्पन्न भएको थियो ।

आयोगका अनुसार, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि छानबिन गरी नामावली प्रकाशन गरिनेछ । त्यसपछि पुस २7 गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय सभानिर्वाचन आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...