जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना

Author

सजिलो पत्रिका

२०८२ पुस २३, बुधबार

41
Share
Featured
  • जेन–जी अभियन्ता मिराज ढुंगानाले जेनजी आन्दोलनलाई निर्वाचनका लागि नारा र औजार बनाइएको आरोप लगाउँदै यसले देशलाई निकास नदिने बताए।
  • निर्वाचनबाट मात्र परिवर्तन कुर्दै ५–१० वर्ष बिताए देशको अस्तित्वमै खतरा पर्ने र निर्वाचनअघि नै निकास आवश्यक रहेको उनको भनाइ।
  • प्राइम टिभिका सञ्चालक ऋषि धमलाले जेनजी आन्दोलनपछि बनेको सरकार र प्रधानमन्त्री शुसीला कार्कीमाथि जनताको ठूलो आशा रहेको उल्लेख गरे।
समाचार सारांशGenerated using AI.


जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले जेनजी आन्दोलनलाई निर्वाचनको लागि नारा र औजारको रुपमा प्रयोग गरिएको बताएका छन् ।

बुधबार जेनजी विद्रोहपछिको वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ७६ जनाको बलिदान, जलेको सिंहदरबार र न्यायालय सबै निर्वाचनको लागि नारा जस्तो भएको भन्दै यसरी देशले निकास नपाउने बताए ।

आन्दोलन धेरै भए, निर्वाचन पनि धेरै भए तर देशले निकास भने कहिले पनि नपाएको उनको भनाई छ । उनले भने, ‘देश निर्वाचन तर्फ जाँदैछ । यो आन्दोलनलाई चुनावी हतियार, नारा र औजार बनाएर म यो आन्दोलनको अपनत्व लिन्छु भन्दै हिनेको देखिन्छ । ७६ जनाको बलिदान, देशको सिंहदरबार जलेको, न्यायालय जलेको यी सबै निर्वाचनको लागि नारा जस्तो भए तर निकास कहिले पाउने त देशले, आन्दोलन धेरै भए नभएका होइनन्् । निर्वाचन पनि धेरै भए तर देशले निकास कहिले पनि पाएको छैन ।’

यस्तै, उनले निर्वाचनले बद्लाव ल्याउँछ भनेर अझ ५, १० वर्ष कुर्ने हो भने देशको अस्तित्व नै नरहने सम्भावना भएको भन्दै निर्वाचन अगाडि नै निकास एकदमै आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिले पनि महिनामा ६५ हजार नेपाली देश छोडेर विदेशिनु परेको छ । यो निर्वाचनले कुनै खालको बद्लाव यो देशमा ल्याउँला भनेर अझ ५, १० वर्ष कुर्ने हो भने त्यो समयसम्म सायद देशको अस्तित्व नै रहला कि नरहला, नेपाली भए त नेपाल नेपाली नै सबै विदेशिन थालेपछि कसरी नेपाल हुन्छ । त्यसकारण निर्वाचन अगाडि नै निकास एकदमै आवश्यक छ ।’

सोही क्रममा प्राइम टिभिका सञ्चालक ऋषि धमलाले जेनजी आन्दोलनपछि बनेको सरकार र सरकारको प्रधानमन्त्री सुशीला कार्कीमाथि धेरैको आशा र भरोसा रहेको बताए ।

उनले भने, ‘जेनजी आन्दोलनपछि शुसीला कार्की देशको प्रधानमन्त्री बन्नु भयो र उहाँमाथि धेरैको आशा र भरोसा थियो । यो सरकारले भ्रष्टाचारीलाई कारबाही गर्छ, यो सरकारले सुशासन दिन्छ, यो सरकारले जेनजी जनविद्रोहलाई दबाउनेलाई कडा कारबाही गर्छ भन्ने जनताको चाहाना थियो ।’

आज जेनजी पुस्ताहरु दलिय राजनीतिमा लागेको उल्लेख गर्दै राजनीतिमा लागे पनि सबैले भदौ २३ र २४ गतेको कालो दिनलाई बिर्सिन नहुने पनि उनको भनाई छ ।

यो समाचारमा

काठमाडौँसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।त्यस अवसरमा उनीहरूबीच नेपाल–भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।त्यसैगरी, परराष्ट्रसचिव अमृतबहादुरराईसँग पनि उनले आजै भेट गरे ।

    Data is loading...

    Loading brands...

    Loading footer...