चुनाव लड्ने चर्चामा मन्त्री खरेलको स्पष्टीकरण-'अहिलेसम्म कुनै निर्णय छैन'

Author

सजिलो पत्रिका

२०८२ पुस २३, बुधबार

34
Share
Featured
  • सञ्चारमन्त्री जगदीश खरेलले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने/नदिनेबारे अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेका छन्।
  • उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने चर्चा निराधार भएको भन्दै आफू कुनै पनि पार्टीमा नजोडिएको बताए।
  • हाल आफ्नो मुख्य प्राथमिकता अन्तरिम सरकारको जिम्मेवारी पूरा गर्दै निष्पक्ष निर्वाचन सम्पन्न गराउनु रहेको उनले उल्लेख गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने वा नदिने विषयमा आफूले कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने चर्चालाई उनले निराधार बताएका छन् ।

बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले भने, “म आजको मितिसम्म कुनै पार्टीमा गएको छैन, वार्ता गरेको छैन र जाने–नजानेबारे केही पनि भनेको छैन ।”

उनले आफ्नो सम्पूर्ण ध्यान अन्तरिम सरकारको जिम्मेवारी पूरा गर्दै प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा निष्पक्ष निर्वाचन सम्पन्न गराउनेतर्फ केन्द्रित रहेको बताए । “अहिले मेरो प्राथमिकता सरकारको जिम्मेवारी र चुनाव गराउने काममै छ,” उनले भने ।

सञ्चारमाध्यममा आएका समाचारप्रति असन्तुष्टि जनाउँदै उनले आफू चुनाव लड्ने वा नलड्नेबारे कुनै निष्कर्षमा नपुगेको कुरा स्पष्ट पारे ।

यो समाचारमा

प्रतिनिधि सभाकाठमाडौँजगदीश खरेलसुशीला कार्की
राष्ट्रिय स्वतन्त्र पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...