ओलीलाई चुनावी तालमेल गर्न र घोषणा पत्र बनाउने जिम्मा, ‘बादल’लाई निर्वाचन परिचालन कमिटीको जिम्मेवारी

Author

सजिलो पत्रिका

२०८२ पुस २२, मङ्गलबार

31
Share
Featured


नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मंगलबार बसेको सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रदेश र निर्वाचनको संयोजक तोक्नुका साथै राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्नेबारे अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ ।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार निर्वाचन परिचालन कमिटी गठन गरेको र त्यसको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई संयोजक तोकेको छ । जसमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भीष्म अधिकारी सदस्य रहेका छन् ।

त्यस्तै, नेपाली काँग्रेस र नेकपाबीच छलफल गर्ने र हरेक प्रदेशमा एकजना पर्ने गरी सात सीट माग गरेको उपमहासचिव भट्टले जानकारी दिए । कांग्रेससँग छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मा पनि बैठकले अध्यक्षलाई नै दिएको उनले जानकारी दिए ।

बैठकले अध्यक्ष ओलीकै नेतृत्वमा घोषणा पत्र समिति समेत गठन गरेको छ। समितिमा उपाध्यक्ष रामबहादुर थापा बादल, विष्णु पौडेल, महामसचिव शंकर पोखरेल तथा केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र पूर्वउपमहासचिव विष्णु रिमाल सदस्य छन् ।

यो समाचारमा

नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...