प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, चुनावी तालमेलबारे भयो यस्तो छलफल

Author

सजिलो पत्रिका

२०८२ पुस २२, मङ्गलबार

41
Share
Featured
  • नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालबीच राष्ट्रियसभा निर्वाचनको तालमेलबारे खुमलटारमा भेटवार्ता भएको छ।
  • नेपाली कांग्रेस र नेकपा एमालेसँग सम्मानजनक सिट बाँडफाँड भए मात्र तालमेल गर्ने, नत्र एकल उम्मेदवारी दिने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
  • भारत भ्रमणबाट फर्किएलगत्तै प्रचण्डले चुनावी रणनीतिका लागि सक्रिय छलफल थालेका हुन्, यसअघि उनले एमाले अध्यक्ष केपी ओलीसँग पनि संवाद गरेका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेता नेपालले आज बिहान खुमलटार पुगेर प्रचण्डसँग राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमालेसँग तालमेल गर्ने सम्बन्धमा छलफल गरेका हुन् ।

सम्मानजनक सिट बाँडफाँड भएमात्र तालमेल गर्न सकिने नभए एकल उम्मेदवारी दिने गरी दुई नेताबिच छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

नेपाली समाज भारतले आयोजना गरेको एकता सन्देशसभामा भाग लिन आइतबार नयाँ दिल्ली पुगेका उनी सोमबार बेलुका स्वदेश फर्किएका थिए । भारत प्रस्थान गर्नुअघि प्रचण्डले चुनावी तालमेलको विषयमा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । भारतबाट फर्किएको भोलिपल्टै प्रचण्ड छलफलमा जुटेका हुन् ।

यो समाचारमा

भारतपुष्पकमल दाहालनेपाली कम्युनिष्ट पार्टीमाधवकुमार नेपाल
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...