काठमाडौँ।
नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि आज (मंगलबार) आफ्ना उमेदवारहरूको टुंगो लगाउने भएको छ। पार्टी मुख्यालय सानेपामा बिहान ११ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उमेदवार चयन र अन्य दलहरूसँगको चुनावी तालमेलबारे अन्तिम निर्णय लिनेछ।
सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आज उमेदवारहरूको नाम फाइनल गर्ने निर्णय गरेको थियो। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आजको बैठकले उमेदवारका साथै निर्वाचनमा हुन सक्ने सम्भावित गठबन्धन र सिट बाँडफाँटको विषयमा समेत ठोस निर्णय लिनेछ।
निर्वाचनमा सहकार्यका लागि पार्टी सभापति शेर बहादुर देउबाले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताहरूसँग निरन्तर छलफल गरेका छन्।। शीर्ष तहमा भइरहेको सोही संवादका आधारमा आजको बैठकले चुनावी रणनीति तय गर्ने प्रवक्ता महतले जानकारी दिए।