विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा, सुरक्षित यातायात संस्कृतिको विकासमा जोड

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

31
Share
Featured

काठमाडौँ

सिराहा जिल्लाको गोलबजार नगरपालिका , सिराहा अन्तर्गत रहेको बुढानिलकण्ठ आवासीय विद्यालयमा आज जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाको आयोजनामा ‘सडक दुर्घटनाविरुद्ध युवा अभियान–२०८२’ अन्तर्गत ट्राफिक सचेतना कक्षा सञ्चालन गरिएको छ ।

कार्यक्रममा सिरहा इन्चार्ज ट्राफिक प्रहरी निरीक्षक सालिकराम तिमसिना विद्यार्थीहरूलाई सडक दुर्घटनाबाट जोगिन अपनाउनुपर्ने सावधानी, ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन, हेलमेट र सिट बेल्टको प्रयोग, मापसे÷लापसे गरेर सवारी नचलाउनुपर्ने विषयमा विस्तृत जानकारी दिएका छन् ।

‘बिउ गति जीवन क्षति’, ‘मापसे÷लापसे गरी सवारी साधन नचलाऔँ’ र ‘हेलमेट लगाऔँ, सवारी साधन चलाऔँ’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमले विद्यार्थीहरूमा ट्राफिक नियमप्रति सचेतना बढाउनुका साथै सुरक्षित यातायात संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाले आगामी दिनहरूमा पनि विद्यालय केन्द्रित ट्राफिक सचेतना कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

यो समाचारमा

काठमाडौँसिराहागोलबजार नगरपालिका , सिराहा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...