भारतमा हुनलागेको टि–२० विश्वकपमा बंगलादेश सहभागि नहुने

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

42
Share
Featured
  • बंगलादेश क्रिकेट बोर्डले सुरक्षा कारण देखाउँदै भारतमा हुने २०२६ टी–२० विश्वकपका आफ्ना खेल भारतबाहिर सार्न आईसीसीसँग औपचारिक अनुरोध गरेको छ।
  • भारत–बंगलादेशबीच बढ्दो राजनीतिक तनाव र केकेआरले मुस्ताफिजुर रहमानलाई आईपीएल टोलीबाट हटाएपछि विवाद थप चर्किएको छ।
  • पूर्व क्रिकेटर हरभजन सिंहले भारत सबै टोलीलाई स्वागत गर्न तयार रहेको भन्दै अन्तिम निर्णय बंगलादेश र आईसीसीकै हुने बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा हुन लागेको २०२६ को टि–२० विश्वकपमा सहभागि नहुने घोषणा गरेको छ । बीसीबीले सुरक्षाको चिन्ता जनाउँदै २०२६ टी–२० विश्वकपका आफ्ना खेलहरू भारतबाहिर अन्य स्थानमा सार्न आईसीसीसँग औपचारिक अनुरोध गरेको हो ।

उक्त प्रतियोगिता भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने यसअघि नै तय भइसकेको छ । यद्यपी, पछिल्लो समय भारत र बाङ्ग्लादेशबीच राजनीतिक र कूटनीतिक तनाव बढ्दै गएको थियो । सोही अवस्थामा भारतीय क्रिकेट बोर्ड बीसीसीआईको अनुरोधमा आईपीएल टोली कोलकाता नाइट राइडर्स (केकेआर) ले शनिवार बाङ्ग्लादेशी बलर मुस्तफिजुर रहमानलाई टिमबाट हटाउने निर्णय गरेपछि यो विवाद झनै उत्कर्षमा पुगेको हो ।

यसैबीच, भारतमा बंगलादेशका अल्पसंख्यकमाथि अत्याचार भएको विषयलाई लिएर भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले निर्देशन दिएपछि कोलकाता नाइट राइडर्स (केकेआर) ले बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ का लागि टोलीबाट हटाएको छ ।

बीसीसीआई सचिव देवाजित साइकियाले हालका घटनाक्रमलाई ध्यानमा राख्दै केकेआरलाई मुस्ताफिजुरलाई रिलिज गर्न निर्देशन दिएको पुष्टि गरेका थिए । उनले आवश्यकता परे प्रतिस्थापन खेलाडी लिन बीसीसीआईले अनुमति दिने पनि बताएका छन् ।

मुस्ताफिजुर रहमान गत वर्षको मिनी अक्सनमार्फत आईपीएल २०२६ का लागि केकेआरमा ९ करोड २० लाख भारतीय रुपैयाँमा अनुबन्धित भएका थिए । बंगलादेश–भारत सम्बन्ध र क्षेत्रीय घटनाक्रमले अन्तर्राष्ट्रिय क्रिकेटमा समेत असर पार्न थालेको यो घटनाले देखाएको छ ।

यसैबिच पूर्व भारतीय क्रिकेटर हरभजन सिंहले २०२६ पुरुष टी–२० विश्वकपका लागि भारतमा खेल्न नआउने विषयमा बीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) समक्ष गरेको अनुरोधबारे प्रतिक्रिया दिएका छन् । उनले भारत सबै टोलीलाई स्वागत गर्न तयार रहेको बताउँदै बंगलादेश भारतमा खेल्न चाहन्छ कि चाहँदैन भन्ने निर्णय अन्ततः उसैको हुने स्पष्ट पारेका छन् ।

एएनआईसँग कुरा गर्दै हरभजन सिंहले भने,“पछिल्ला केही दिनमा भएका घटनाका कारण बंगलादेश भारत आउन चाहँदैन । बंगलादेशमा जे भयो, त्यो गलत हो । अब आईसीसीले उनीहरूको अनुरोधमा निर्णय लिनुपर्छ । हामी भारतमा सबैलाई स्वागत गर्छौं, तर उनीहरू यहाँ आउन चाहन्छन् कि चाहँदैनन् भन्ने उनीहरूको छनोट हो ।”

यो समाचारमा

श्रीलंकाभारतकाठमाडौँबंगलादेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौँ।विश्व च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान कान्सास सिटी स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अर्जेन्टिनाका लागि १० औँ मिनेटमा एलेक्सिस

    Data is loading...

    Loading brands...

    Loading footer...