‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’ तयारी सुरु, आवेदनको माग

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

34
Share
Featured
  • मेकअप आर्टिस्ट टेकराज पाण्डेद्वारा सञ्चालित ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगिता २०१५ देखि सामाजिक उत्तरदायित्वसहित निरन्तर हुँदै आएको छ।
  • प्रतियोगिताले महिलाको आत्मविश्वास, व्यक्तित्व विकास र लुकेका प्रतिभा उजागर गर्दै अविवाहित र विवाहित दुवै महिलालाई समान अवसर दिन्छ।
  • हाल मिस ब्युटिफुल नेपाल सिजन ११ र मिसेस ब्युटिफुल नेपाल सिजन १० को तयारी भइरहेको छ, आवेदन आधिकारिक पेजमार्फत खुला छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मेकअप आर्टिस्ट टेकराज पाण्डेद्वारा सञ्चालित ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगिता २०१५ देखि सुरु भएको हो ।

सपनामा देखेको अवधारणालाई बिपनामा उतार्ने लक्ष्यसहित सुरु गरिएको कार्यक्रम सुरुका दिनमै नाकाबन्दी जस्तो कठिन परिस्थितिमा पनि सफलतापूर्वक सम्पन्न भएको आयोजक पाण्डेले बताए ।

हाल साथीभाइ र शुभेच्छुकहरूको सल्लाह तथा सहयोगले कार्यक्रम अघि बढाउन हौसला मिलेको उनको भनाइ छ ।

प्रतियोगिताको मूल उद्देश्य सौन्दर्य मात्र नभई सामाजिक उत्तरदायित्वसँग जोडिएको रहेको पाण्डेको भनाइ छ ।

‘ब्यूटिफुल’ शीर्षक मेकअप आर्टिस्टको पहिचानसँग जोडिए पनि भविष्यमा यसलाई एउटा ब्रान्डका रूपमा स्थापित गर्दै समाजसेवा, वृद्धाश्रम सहयोग तथा विभिन्न संघ–संस्थालाई समर्थन गर्ने लक्ष्य राखिएको छ ।

पहिचान र नामसँगै समाजका लागि केही योगदान गर्न सकियोस् भन्ने सोचले कार्यक्रम निरन्तर अघि बढाइएको पाण्डेले स्पष्ट पारे ।

प्रतियोगिताले महिलाको आत्मविश्वास, व्यक्तित्व विकास र लुकेका प्रतिभालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

गाउँदेखि शहरसम्मका महिलाहरूमा बोल्ने क्षमता, आत्मविश्वास, नेतृत्व र सकारात्मक सोच विकास गराउने प्लेटफर्मको रूपमा यो कार्यक्रम स्थापित हुँदै गएको छ ।

मिससँगै मिसेस श्रेणी समावेश गर्नुको उद्देश्य विवाहित महिलालाई पनि समान अवसर दिनु रहेको पाण्डेले बताए ।

विवाहित भएपछि पनि महिलाले आफ्नो क्षमता देखाउन, आत्मनिर्भर बन्न र समाजमा योगदान दिन सक्छन् भन्ने सन्देश प्रवाह गर्न मिसेस श्रेणी थपिएको हो ।

हाइट, उमेर वा सामाजिक सीमाका कारण पछि हटिरहेका महिलाहरूका लागि यो एउटा सशक्त प्लेटफर्म बनेको छ ।

सहभागीहरूको सशक्तिकरणका लागि करिब एक महिनासम्म विविध तालिम प्रदान गरिन्छ । यस अवधिमा कोरियोग्राफी, व्यक्तित्व विकास, बोल्ने कला लगायतका तालिमहरू सञ्चालन गरिन्छ भने विभिन्न क्षेत्रका प्रशिक्षक तथा सेलिब्रिटीहरूद्वारा विशेष प्रशिक्षण दिइन्छ । सहभागीहरूको सिकाइ क्षमता र मेहनतकै आधारमा उनीहरूको प्रगति मूल्याङ्कन गरिन्छ ।

ग्रान्ड फिनालेमा विजेता छनोट प्रश्न उत्तर प्रणालीमार्फत गरिन्छ । प्रारम्भिक चरणमा सहभागीहरूलाई पहिल्यै प्रश्न दिइन्छ भने अन्तिम चरणमा निर्णायक मण्डलद्वारा सोधिएको प्रश्नको उत्तरका आधारमा विजेता, फस्र्ट रनरअप लगायतका शीर्षक प्रदान गरिन्छ ।

आयोजकका अनुसार मिस ब्युटिफुल नेपाल सिजन ११ र मिसेस ब्युटिफुल नेपाल सिजन १० को तयारी भइरहेको छ र इच्छुकले आधिकारिक पेजमार्फत आवेदन दिन सक्ने पाण्डेले बताए ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...