टिकटक मार्फत धार्मिक अफवाह फैलाउने र मस्जिदमा तोडफोड गर्ने व्यक्ति पक्राउ

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

33
Share
Featured
  • कमला नगरपालिकामा दुई समुदायबीच विवादपछि धार्मिक आस्थामाथि अभद्र टिप्पणी गरेको आरोपमा दुई युवा पक्राउ परे।
  • टिकटक भिडियोपछि आक्रोशित समूहले मस्जिद तोडफोड र धार्मिक ग्रन्थ जलाएको आरोपमा एक जना थप पक्राउ गरियो।
  • घटनामा अन्य व्यक्तिको पनि संलग्नता आशंकामा खोजी जारी छ, प्रहरीले धार्मिक भावना भड्काउने सामग्री नपोस्ट गर्न सचेत गराएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

धनुषाको कमला नगरपालिका, धनुषामा दुई समुदायबीच उत्पन्न विवादमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हिन्दु समुदायमाथि अभद्र टिप्पनी गर्दै टिकटोकमा भिडियो बनाएर पोस्ट गरेको आरोपमा धनुषाको कमला नगरपालिका ६ का १९ वर्षिय हैदर अंसारी र सोही ठाउँका १९ वर्षिय अमानत अंसारीलाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुबै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १५६ बमोजिम धर्म सम्बन्धि कसूरमा जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जानकारी दिएको छ । ती दुबै जनाले बनाएको भिडियो हेरेर कमला नगरपालिकाका युवाहरु आक्रोसित भएको थिए । सो पश्चात युवाहरुको एक समुहले कमला नगरपालिका ६ सखुवा टोलमा रहेको मस्जिदमा तोडफोड गरी कागजपत्रहरु निकाली धार्मिक ग्रन्थहरुसमेत जलाएका थिए ।

सोही तोडफोड र धार्मिक ग्रन्थहरु जलाएको आरोपमा धनुषा प्रहरीले सोही वडाका २५ वर्षिय कपिल भन्ने प्रताप साहलाई नियन्त्रणमा लिएको छ । साहलाई मुलुकी अपराध संहिता २०७४ को दफा १५५ बमोजिम धर्म सम्बन्धि कसूरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको धनुषा प्रहरीले जानकारी दिएको छ ।

उक्त घटनामा थप केही व्यक्तिहरुको संलग्नता रहेकोले उनीहरुको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ । साथै कुनै पनि सामाजिक सञ्जालमा कसैको धार्मिक आस्थामाथि खल्ल पुर्याउने खालका सामग्री, भिडियो, अडियो, पोस्ट जस्ता कुराहरु अपलोड नर्गन धनुषा प्रहरीले सचेत गराएको छ ।

यो समाचारमा

धनुषाटिकटोककाठमाडौँकमला नगरपालिका, धनुषा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...