रास्वपाको समानुपातिक सूचीबाट डा. अरनिको पाँडेले पनि लिए नाम फिर्ता

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

87
Share
Featured
  • रास्वपाका नेता डा. अरनिको पाँडेले समानुपातिक उम्मेदवारको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्।
  • उनले पछिल्लो राजनीतिक अवस्थामा बन्द सूचीमा रहिरहनुको औचित्य नदेखेको कारण दिएको बताएका छन्।
  • यससँगै रास्वपाको समानुपातिक सूचीबाट उम्मेदवारी फिर्ता लिनेहरूको संख्या ६ पुगेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अरनिको पाँडेले समानुपातिक उम्मेदवारको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले पछिल्लो राजनीतिक अवस्थामा बन्द सूचीमा रहिरहनुको औचित्य नदेखेको भन्दै हिजोको केन्द्रीय समिति बैठकमा यस्तो निर्णय सुनाएको जानकारी दिएका छन्।

योसँगै रास्वपाको समानुपातिक सूचीबाट उम्मेदवारी फिर्ता लिनेहरूको संख्या ६ पुगेको छ। यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता आसिफ साह, व्यवसायी सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले पनि आफ्नो नाम फिर्ता लिइसकेका छन्।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...