एमालेले संसद पुनःस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्छ : उपमहासचिव भट्टराई

Author

सजिलो पत्रिका

२०८२ पुस २०, आइतबार

23
Share3
Featured
  • एमाले उपमहासचिव योगेशकुमार भट्टराईले संसद पुनःस्थापना लगायत संवैधानिक मुद्दाको छिटो निरुपण आवश्यक भन्दै सर्वोच्च अदालतको ढिलाइप्रति चिन्ता व्यक्त।
  • संसद लोकतन्त्रको निरन्तरताका लागि अनिवार्य भएको र पुनःस्थापना नभए मुलुक फागुन २१ को निर्वाचनमा केन्द्रित हुने भनाइ।
  • ताप्लेजुङबाट प्रतिनिधिसभा निर्वाचनका लागि ५ जनाको नाम सिफारिस भए पनि अन्ततः एक जना उम्मेदवार तय हुने र पार्टी एकतामा जोड।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेशकुमार भट्टराईले संसद पुनःस्थापना सहितका संवैधानिक प्रकृयाका बिषयको मुद्दाको छिटो निरुपण जरुरी भएको बताएका छन् ।

संवैधानिक बिषयको निरुपण नहुँदा थप संवैधानिक जटिलता उत्पन्न हुनसक्ने भन्दै उनले सर्वोच्च अदालतले संसद पुनःस्थापना सहितका संवैधानिक प्रकृयाका बिषयको निरुपणमा गरेको ढिलाइप्रति संशय व्यक्त गरे ।

११ औं महाधिवेशनमा एमाले उपमहासचिवमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला ताप्लेजुङ आएका भट्टराईले प्रेस चौतारी ताप्लेजुङले फुङलिङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संबिधान र लोकतन्त्र पुनस्थापित गर्न एमालेले संसद पुनःस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्ने बताए ।

संबिधानलाई जीवित राख्न, लोकतन्त्रलाई प्राण दिन र लोकतन्त्रको निरन्तरताका लागि प्रतिनिधिसभा अनिवार्य भएको बताउँदै उनले अदालतले संसद पुनःस्थापनाका सम्वन्धमा परेको मुद्दाको शीघ्र निरुपण गर्न जरुरी रहेकोमा जोड दिए । संसद पुर्नस्थापना नभए मुलुक फागुन २१ को निर्वाचनमा केन्द्रित हुने उनको भनाई थियो ।

उनले एमाले ताप्लेजुङबाट पाँच जनाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएपनि सर्वसम्मत रुपमा एकजना एमालेका उम्मेदवार हुने अरु कमाण्डर भई पार्टीलाई जिताउनुपर्ने बताए । पहिले पार्टी, दोस्रो चिन्ह र तेस्रो मात्र व्यक्ति हुने उनको भनाई थियो ।

कार्यक्रममासँगै रहेका एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले भदौ २३ र २४ गतेको घटना बाहिरी शक्तिको प्रभावमा हाँकिएको अरोप लगाए ।

थेबेले बालेन शाहप्रति लक्षित सिंहदरवार जलाउँछौं भन्नेको अभिष्ट चाहना पूरा भएपनि नेपाली जनताले नेपाली आस्थाका धरोहरहरु सिंहदरवार, सर्बोच्च अदालत, संसद भवन जलाएर देश खरानी बनाएको नबिर्सने बताए ।

युवाहरुका मुद्दा साझा मुद्दा भएपनि आन्दोलनलाई भड्काएर मुलुकलाई तहसनहस बनाउन लागिपर्नेहरु कहिल्यै जनताका भक्त हुन नसक्ने दावी गरे ।

भट्टराईले झैं थेबेले पनि एउटै मञ्चबाट पार्टीबाट सिफारिस भएका पाँच मध्ये एकजना आउँदो निर्वाचनका लागि उम्मेदवार हुने अरु चार जनाले चुनावी मोर्चाको नेतृत्व गरेर पार्टीलाई जिताउनु पर्ने बताए ।

एमाले ताप्लेजुङको शनिवार बसेको बैठकले उपमहासचिव भट्टराई, पार्टीका केन्द्रीय सदस्य थेबे, अर्का केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वो, निवर्तमान केन्द्रीय सदस्य टंक आङवुहाङ र एमाले जिल्ला कमिटी उपसचिव भीमादेवी ओझा गरी ५ जनालाई आउँदो निर्वाचनका लागि पार्टीबाट सिफारिस गर्ने निर्णय गरेको एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले जानकारी दिए ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँताप्लेजुङसर्वोच्च अदालत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...