हुम्ला–मुगु–कर्णाली सडक खण्डको गमगढी–सोरु खण्डको निर्माण रफ्तारमा

Author

सजिलो पत्रिका

२०८२ पुस २०, आइतबार

30
Share
Featured
  • हुम्ला–मुगु–कर्णाली गमगढी–नाक्चेलाग्ना सडकको गमगढी–सोरु खण्डको निर्माण र स्तरोन्नती काम तीव्र गतिमा भइरहेको छ; १८ महिनाभित्र ३० करोड ९ लाख बजेटमा सम्पन्न गर्ने योजना।
  • सडक फराकिलो, नालावाल सहित बनाइँदै, स्थानीय र हुम्ला, मुगुका बस्तीमा यातायात सहज हुने र यात्रा छोटो हुने अपेक्षा।
  • कामको २५% सम्पन्न भइसकेको छ; गुणस्तरीय निर्माण र डबल कन्क्रिटका लागि आधुनिक उपकरण प्रयोग, समयसीमा भित्र काम सक्ने योजना।
समाचार सारांशGenerated using AI.


मुगुको गौरवको आयोजना मानिएको हुम्ला–मुगु–कर्णाली गमगढी–नाक्चेलाग्ना अन्तरगत गमगढी सोरु खण्डको सडक निर्माण एवम स्तरोन्नतीको कामले तिब्रता पाएको छ ।

कर्णाली प्रदेश सरकार पूर्वधार बिकास कार्यालय मुगुबाट कुल ६३ करोड ४६ लाखको बिनियोजित बजेट ३० करोड ९ लाख २५ हजार ९ सय रुपंैयामा काम सम्पन्न गर्ने गरी शिवालय–मंगलदीप टक्सान जेभी निर्माण ब्यावसायले १८ महिनासम्म काम सम्पन्न गर्ने गरी निर्माण भइरहेको हो ।

एक दशक पहिले गमगढीदेखि सोरु गाँउपालिकाका बिभिन्न बस्तीसम्म सडक सन्जाल जोडिएर यातायातका साधनहरु चलेपनि साँघुरो, छोटा धुम्ती, कच्ची सडकमा जोखिम मोलेर सवारी साधन गुडाउनुपर्ने वाध्यताको अन्त्यका लागि काम अगाडि बढाइएको हो ।

निर्माणको काम चाँडै सकिए मुगुबाट अन्तर जिल्ला सडक नजोडिएको अवस्थामा उक्त सडक अब फराकिलो ,नालावाल सहितको गमगढी बजारदेखि सोरुगाँउपालिका र हुम्लाको केही बस्तीका नागरिकलाई सहज हुने अनुमान छ ।

साथै गमगढी जुम्ला हुदै सुर्खेत, नेपालगंन्ज जान भन्दा गमगढीदेखि सोरु हुम्ला दोमुखबाट बाजुरा हँुदै सुर्खेत–नेपालगंन्ज जान छोटो र सहज हुने भएको भन्दै स्थानीय खुशी समेत भएका छन् । निर्माण कम्पनीले पनि काम छिटो र गुणस्तरीय गर्नुपर्नेमा स्थानीयको भनाइ छ । पूरा बजेट अनुसारको काम हुनुपर्ने र गुणस्तरीय हुनुपर्नेमा छाउले टिमका अध्यक्ष बिर्ख बहादुर मल्लले जोड दिए ।

‘अहिले काम शुरु गरेको तीन महिना भन्दा बढी भयो, कार्यालयको मापदण्ड अनुसारको काम भइरहेको छ । हाल २५ प्रतिशत काम भएको छ । डबल कन्क्रिटका लागि पाँचवटा जोडर मेशिन अन्य उपकरण प्रयोग गरेका छौं । १८ महिना भित्र काम सक्र्ने गरी समय दिएको छ । काम गर्न दिएको समयभित्र काम सम्पन्न गर्ने गरी काम भईरहेको छ,’ शिवालय मंगलदीप टक्सान नेभी निर्माण कम्पनीका सुर्य बहादुर शाहीले भने ।

कर्णाली प्रदेश सरकारको समपूर्णक बजेटबाट बिनियोजित बजेटबाट हुम्ला, मुगु कर्णाली–गमगढी नाक्चेलाग्ना सडक निर्माण काम रफ्तारमा भइरहेको हो । ६३ करोड ४६ लाख बजेटबाट कम्पनीले ३० करोड ९ हजारले १८ महिना भित्र काम सम्पन्न हुनेगरी ०८२ साल साउन महिना बाट काम सुरु भएको हो । हाल सडकमा मुख्य बाटो चौडाइ, नाला, ग्याबिन, वाललगायतको काम भइरहेको बिभिन्न पूर्वधार बिकास कार्यालय मुगुका प्रमुख कृष्ण चापागाईले बताए ।

यो समाचारमा

सुर्खेतकर्णाली प्रदेशकाठमाडौँजुम्ला
मुगु4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...